Tuesday, April 24, 2012

यो गजल समर्पण छ मेरी आमाको लागि

यो गजल समर्पण छ मेरी आमाको लागि जसले मेरो खुशीको लागि आफ्नो दु:ख भुल्नु भयो |
मेरी आमाको लागि मैले केहि गर्न नसके पनि अनि उहाँलाई हँसाउन नसके पनि म सदैब उहाँ लाई हँसाउने कोसिश गरिरहने छु |


परिवार कै सफल बाटो चुन्छिन मेरी आमा
हँसाउन मलाई आफै रुन्छिन मेरी आमा |

जति  पिडा दिए पनि आफ्नै सन्तानले
पिडा लुकाई सँधै खुशी हुन्छिन मेरी आमा |

दश महिना कोखमा राखी दु:ख भुली हुर्काएनि
अझै ममताको हातले छुन्छिन मेरी आमा |

त्यसै ठुलो भए जस्तो सन्तानले गरे पनि
ममताको मालामा नै उन्छिन मेरी आमा |

दश धारा दुधको मूल्य   नचुकाएनी सन्तानले
उज्ज्वल सपना मनभरी बुनछिन मेरी आमा |