Friday, December 21, 2012

भोली फेरी हामी अबस्य भेट्नेछौँ

आज बिहान अलि ढिलो उठेछु । ६:०० बजे जसरी भए पनि एफ. एम. मा न्युज बजाउन पुग्नु पर्ने रूम मा नै ५:३० बजिसकेको थियो । हतार-हतार तयार भएर बाटोमा दौडिएँ । अलि पर मात्र पुगेको थिएँ कलेज जान लगेकी एउटी अपरिचित साथी सँग ठोक्किन पुगेँ । उनको किताब हरु बाटोमा छरपस्ट भयो । मैले सरी भन्दै उनको मुहारमा हेरेँ । म त हेरेको हेर्यै भएँ । त्यो अन्धकारमा पनि उनको सुन्दर मुहार आकाशका जुन जस्तै चम्किरहेका थिए । म अलि सम्हालिदै उनका किताब हरु टिप्न थालेँ । र पून: सरी भन्न थालेँ । उनले मधुर मुस्कान छर्दै भनिन " इट्स ओके, आज २१ डिसेम्बर हो नि । आज त मरिन्छ होला । अरु दिन अरु कोही म सँग यसरी ठोक्किएको भए म चप्पल ले बजाइ दिन्थेँ । तर मर्ने दिनमा पनि के झगडा गर्नु फेरी तिमी त हेर्दा सोझो पनि रहेछौ ।आइ थिङ्क यू आर गूड बोइ । सो आइ एम फीलिङ गूड । बाई, मरिन भने भोली यही ठाउँमा भेटुँला है ।" अनायसै हात हल्लाएँ अनि भने आज त्यस्तो केहि हुँदैन भोली फेरी हामी अबस्य भेट्नेछौँ ।" अनि म कुदेँ एफ. एम. तिर ।

Wednesday, December 19, 2012

म जिन्दगीको कुनै पनि चुनौती संग लड्नबाट पछि हट्दिन

आज दिनभरि म सामान्य  नै थिएँ । तर बिडम्वना जब सुर्यास्त भयो तब संसारको अन्धकार संगै मेरो खुशीमा पनि अन्धकारको कालो बादल छायो । यो कुरा थाहा नभएको भए पनि हुन्थ्यो तर अब थाहा पाइहालें त्यसैले मन दुख्यो । मैले जीन्दगीमा कति संघर्ष गर्नु पर्छ र कसरी अघि बढ्नुपर्छ आज थाहा पाए । मन त दुखेको छ तर पनि म आत्तिएको छैन किन कि म जसरी पनि आफुलाई अगाढी बढाउन प्रयत्नरत छु। म जिन्दगीको कुनै पनि चुनौती संग लड्नबाट पछि हट्दिन किन कि मलाई आफूमाथि पुरा विश्वास छ । किन कि म संग मेरो आमाको माया अनि बुवाको आशिर्वाद बाकी नै छ ।

Thursday, December 6, 2012

खै के भनौँ माया दिइ मुटु दुखाउनेलाई


तिमी सधैँ भन्ने गर्थ्यौ-'मैले तपाईंलाई बिर्सन यो संसार छोड्नुपर्छ चन्द्र । म मर्न सक्छु तर तपाईँलाई भुल्न सक्दिन ।' तिमीले त्यसो भन्दा मन खुशीले पागाल हुन्थ्यो । म आफुलाई संसारको सबै भन्दा भाग्यमानी प्रेमी हुँ भन्ने आभास गर्थेँ । हामी संगै
हाँस्यौँ,रमायौँ अनि धेरै सपनाहरु सजायौँ । तर सपना त केबल सपना नै हुँदोरहेछ । आज हेर न तिमी त मेरो जिन्दगीबाट टाढा भयौ तर तिम्रो याद , तिम्रो सम्झना मेरो मनबाट टाढा भएन । तिमीलाई भुल्न कती प्रयास गरें तर सकिन । तिमीलाई भुल्न गजल लेखेँ तर रदिफ र काफिया बनेर तिमी धाइरह्यौ, गीत गाएँ तिमी शब्द शब्द अनि सँगीतको ताल बनेर पछ्याइ रह्यौ ।मनै न हो तिम्रो यादमा तड्पने गर्छ । तिम्रो यादमा जती तड्पे पनि अनि अब त जसरि नि भुल्छु भनेर यो मनलाई निचोरेर राख्दा पनि मुटुको कुनाबाट , मुटुको धड्कनबाट तिम्रो माया निस्किएर गएन ।
खै के भनौँ माया दिइ मुटु दुखाउनेलाई
सकिएन भुल्न मिठो सपना देखाउनेलाई ।