Tuesday, April 1, 2014

कार्य सफलताको लागि शुभकामना

 सबै भन्छन् जति टाढा भयो माया अझ बढी गाढा हुन्छ रे । अन्य सम्बन्धमा नभए पनि साँचो भावनात्मक सम्बन्धको मायामा त्यो कुरालाई मैले पनि आत्मासाथ गर्दै आएको छु । आज यही कुरालाई प्रमाणित गर्ने अर्को आधार मैले मेरो दाजुमा पाएँ । आज मेरी भाउजु वैदेशिक रोजगारको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ । सँगै हुँदा केही झगडा नि गर्नुहुन्थ्यो । केही तनावमा पनि बस्नुहुन्थ्यो मेरी


भाउजु । हुन त दाईले भाउजुलाई माया नगर्नु हुने होईन । उहाँहरुको लभ–एरेन्ज म्यारिज पनि हो । तर पनि सँगै हुँदा देखिने माया र भौगोलिक रुपमा टाढा हुँदा देखिने मायामा फरक हुँदोरहेछ । एउटा छुट्टै पिडा, एउटा छुटटै आभाश । सायद रुँदै हुनुहुन्थ्यो मेरो दाजु । मेरी भाउजु र गाउँकै अर्की भाउजुलाई पनि कार्य सफलताको लागि शुभकामना ।
(२०७० चैत्र १८)