Monday, February 29, 2016

कार्यक्रम ‘अनुराग’ को पहिलो श्रृङ्खलामा (२०७२ मंसिर २३ गते) सोधिएको मुक्तिय सवाल र सवालमा प्राप्त जवाफ मुक्तकहरु

सवाल मुक्तक
 –सवि लामा

मेरो जीवन मेरो मुटु चोरिदिने को छ
मायारुपी सलाई कोरिदिने को छ ?
छाति भाछ मेरो पिरतीको भण्डार
त्यही भण्डार चोर बनि फोरिदिने को छ ?
(कार्यक्रम संचालिका)







जवाफ मुक्तकहरु
जवाफ १
–अनु तामाङ थोकर



मैले मुटु चोरेँ भने कसो गरी बाँच्छौ तिमी
अनि मुटु चोरेँ भने सपना कसरी देख्छौ तिमी ।
मायाको संसार सजाउन एकअर्कालाई बुझ्नुपर्छ
मुटु चोरी भाग्यो भने कसो गरी हाँस्छौ तिमी ?









जवाफ २
– गणेश दुलाल

चोरि त नगरौ भो माग्न आउला भोलि ।।
 बलेको त्यो मनको आगो नाग्न आउला भोलि ।।
फोर्नै किन पर्यो भण्डार , सगुन ल्याए पछि ।।
नदिएमा आँखा छली भाग्न आउला भोलि ।।









जवाफ ३
– लपसङ घलान
हाल काठमाण्डौ

सयौ वर्ष मेरो जिवन दाऊमा राखी
तिम्रो मुटु चोरी लाने म छु नि सानुु
तिमीलाई आफ्नो वनाई मायाको स्पर्शले
कोरी दिने म छु नि सानुु

चोर वनि होईन म ञ्तिम्रो मुटु र मेरो मुटु
 एकसाथ वनाई फोरी दिने म छु नि सानुुू
तिमीलाई हर हमेसा चहाने मै हुनि सानुु








जवाफ ४
– कल्पना लामा कुसुम
पुरानो सदरमुकाम भिमफेदी

मन अनि मुटु चोर्न सजिलो छैन
आलो घाउमा सलाई कोर्न सजिलो छैन ।

जो जस्तो देखिन्छ त्यो त्यस्तो हुँदैन
प्यासी यो प्रितको भण्डार फोर्न सजिलो छैन ।




चोरि त नगरौ

मुक्तक
- गणेश दुलाल
चोरि नगरौ भो माग्न आउला भोलि ।।
 बलेको त्यो मनको आगो नाग्न आउला भोलि ।।
फोर्नै किन पर्यो भण्डार , सगुन ल्याए पछि ।।
नदिएमा आँखा छली भाग्न आउला भोलि ।।

सयौ वर्ष मेरो जिवन


भावनात्मक अनुराग
नाम-लपसङ् घलान
हाल-काठ्माण्डौ नेपाल 
सयौ वर्ष मेरो जिवन दाऊमा राखी
तिम्रो मुटु चोरी लाने छु नि 'सानु' !!
तिमीलाई आफ्नो वनाई मायाको स्पर्शले
कोरी दिने छु नि 'सानु' !!

चोर वनि होईन ~तिम्रो मुटु मेरो मुटु
 एकसाथ वनाई फोरी दिने छु नि 'सानु'"
तिमीलाई हर हमेसा चहाने मै हु नि 'सानु'"!!!!

Saturday, February 20, 2016

मुटु चुडाउने खेल हो विदेश जानु

विदेश जानु सबैको रहर हैन । यो त एउटा प्रकिया हो, समाजले सिर्जिदिएको प्रतिस्पर्धाको नियममा होमिएको विवश मानिसले अपनाउने अन्तिम उपाय हो विदेसिनु । जब मान्छे अभावमा पर्छ उसको लागि पैसा नै समस्याको समाधान गर्ने उपायको रुपमा उभिन्छ । मायालुको अङ्गालो भरिको माया, आमाको स्नेह, बाबाको साथ अनि परिवारको सम्झनालाई मुटुको एउटा कुनामा गाँठो पार्दै विदेसिन बाध्य हुन्छ मान्छे । आँखाभरि साहुको ऋण तिर्ने काँचो सपना बोकेर, मनमा बिछोडको आलो घाउ बोकेर अनि आँखाभरि ओसिलो आँसुका कणहरु बोकेर बिदेसिन्छ मान्छे । यो राजनितिको खेल हो, मुटु चुडाउने खेल हो, मन दुखाउने खेल हो अनि आफैले आफ्नो आत्मा र चाहानाहरुको हत्या गर्ने खेल हो । यो खेलमा आज हजारौँ युवाहरु लडिरहेका छन् । सबै लागिपरेका छन् मृत्यूलाई दाउमा राख्न, स्वाभिमानलाई बेच्न अनि प्रेमको तिलाञ्जली दिन । फरक यति हो कोही बाकसभरि पैसा बोकेर फर्कन्छन् अनि कोही त्यही बाकसमा भरिएर आउँछन् ।

Friday, February 19, 2016

कार्यक्रम ‘अनुराग’ को दशौँ भाग

कार्यक्रम ‘अनुराग’ को दशौँ भाग ( २०७२ फागुन ५) सुन्ने मन हुँदाहुँदै सुन्न छुटाउनुभयो कि ? छुटाउनु भएको भए यता सुन्न मिल्छ है । मनपरेमा लाईक, कमेन्ट र च्यानललाई Subscribe पनि गरिदिनुहोला । 

मुक्तक

नफुल्ने सपना साँच्नेहरुको लर्को छ
मखमलि जीवन बाँच्नेहरुको लर्को छ
खै के गरायो कुन्नि यो युगले मान्छेलाई
अनैतिक सम्बन्ध गाँस्नेहरुको लर्को छ
-रामेछाप* हाल* KTM# बाट
(कार्यक्रम अनुरागको दोस्रो श्रृङ्खलामा प्रसारित मुक्तक)

साहित्य र जीवन

जब जब मनभित्रका भावनाहरु परिस्थितिले थुनिदिन्छ तब ती भावनहरु मनभित्र कतै कुनामा एउटा बोझ अनि जीन्दगीको पिडा बनेर भण्डारण हुन्छ । त्यसमाथि थप पिडाका आभासहरु हाम्रो मनमा मडारिरहन्छ तर जब मान्छेले साहित्यलाई अंगाल्छ तब तिनै पिडाहरु गजल अनि मुक्तकहरु बनेर शब्दमा बर्सन्छन् ।