Monday, October 24, 2016

बितेका पलहरु–श्रृङ्खला ३३ –सुयोगको कथा –वि.सं. २०७३ असोज १३ गते बिहीबार



प्रस्तोता– चन्द्र घलान
शब्द– सवि लामा र चन्द्र घलान
प्रसारण समय– हरेक बिहीबार राति ९ः१५ बजे
स्टेसन–रेडियो सरोबर ९२.५ मेगाहर्ज, हेटौंडा–४ नारायणी मल, मकवानपुर








सुन्नकालागि यहाँ क्लिक गर्नुहोस्
डाउनलोड गर्नकालागि यहाँ क्लिक गर्नुहोस्
Download : ClickHere to Download


युट्युबमा हेर्नुहोस्–




फेसबुकमा लाईक गर्नुहोस्

Twitter मा फलो गर्नुहोस्

युट्यूबमा Subscribe गर्नुहोस्

कार्यक्रम ‘बितेका पलहरु’ को यो श्रृङ्खलामा हामीले सुयोग लामा जीले  कुवेतबाट पठाउनु भएको कथालाई प्रस्तुत गरेका छौं। यो कथालाई पूनरलेखन चन्द्र घलानले गर्नुभएको हो । यो कथा वैदेशिक रोजगारीमा यूवाले भोगेका बेदना, विदेशमा हाम्री चेली र हाम्रो माईतिको बानी ब्यहोरा समेटिएको कथा ।
केही टुटेका परिवारिक कथा अनि केही यहि समाजमा पनि मायाले बाँचेका परिवारको कथा, जीवन र त्यागको एउटा प्रेमकथा, साथी सूयोग र स्वर्णिमाको  बारेमा केन्द्रित छ ।

कार्यक्रम ‘बितेका पलहरु’ रेडियो सरोबर ९२.५ मेगाहर्जबाट हरेक बिहीबार राति सवा नौ बजे प्रसारण हुने लोकप्रिय कार्यक्रम हो । यो कार्यक्रम रेडियो सरोबरको वेबसाईट र हाम्रो यूट्युब च्यानल मार्फत पनि हेर्न, सुन्न र डाउनलोड गर्न सकिन्छ । यस कार्यक्रममा श्रोतका बितेका पलहरु, पारिवारिक तथा प्रेमकथाहरु राख्ने गरिन्छ । श्रोताको बितेका पलहरुलाई मलमपट्टि लगाउने प्रयास हो कार्यक्रम बितेका पलहरु । यो कार्यक्रमको डिजाईन चन्द्र घलान र कार्यक्रमको प्रोमोको शब्द लेखन र वाचन सवि लामा(योञ्जन) ले गर्नुभएको हो ।
तपाईका पनि यस्तै कथाहरु भए हाम्रो फेसबुक पेज र ईमेलमा पठाउन सक्नुहुन्छ ।

Wednesday, October 19, 2016

कार्यक्रम–मुटुदेखि मुटुसम्म श्रृङ्खला– ६६ विंसं. २०७३ असोज ४ गते

प्रस्तोता– चन्द्र घलान
शब्द– सवि लामा र चन्द्र घलान
प्रसारण समय– हरेक मंगलबार राति ९ः१५ बजे
स्टेसन–रेडियो सरोबर ९२.५ मेगाहर्ज, हेटौंडा–४ नारायणी मल, मकवानपुर





सुन्नकालागि यहाँ क्लिक गर्नुहोस् 


डाउनलोड गर्नकालागि यहाँ क्लिक गर्नुहोस्
Download : ClickHere to Download

 
युट्युबमा हेर्नुहोस्–


फेसबुकमा लाईक गर्नुहोस्

Twitter मा फलो गर्नुहोस्

युट्यूबमा Subscribe गर्नुहोस्

कार्यक्रम ‘मुटुदेखि मुटुसम्म’  रेडियो सरोबर ९२.५ मेगाहर्जबाट हरेक मंगलबार राति ९ः१५ बजे प्रस्तुत हुने प्रेम सन्देश समेट्ने कार्यक्रम हो । कार्यक्रमको ढाँचा, प्रस्तोता चन्द्र घलान र प्रोमोको शब्द लेखन तथा वाचन सवि लामा (योञ्जन) ले गर्नुभएको हो ।
कार्यक्रममा फेसबुक, ट्वीटर र एस.एम.एस. बाट प्रेमसँग सम्बन्धित सन्देशहरु एउटा प्रेमिको मुटुदेखि अर्को प्रेमिको मुटुसम्म पुराउने गरिन्छ ।
यो कार्यक्रमको प्रोमो यस्तो छ ।–
अधेँरी कालो रात , मिठो कल्पना , उड्दैछ पुष्प विमान , रम्दैछ यात्री आफ्नो मायालुजनको यादमा , चाहान्छ एकअर्काको मुटुमा स्पर्ष गर्न ।
आफ्नो मान्छेप्रति तपाईँको मुटुमा उम्लिएको मायाको प्रवाहलाई मायालुको मुटुसम्मपुराउने तार कार्यक्रम 'मुटुदेखि मुटुसम्म'
तपाईँको एसएमएस र भावना तपाईँको आफ्नो मान्छेको लागि कार्यक्रम मुटुदेखि मुटुसम्म ।
हरेक मंगलबार राती ९:१५ देखि १० बजे सम्म तापईकौ मनभित्रको साथी चन्द्रको साथमा ।

Monday, October 17, 2016

आमाको यादमा

–चन्द्र घलान
आमा ,
तपाईको याद नआउने हैन । सदैब तपाईको यादमा हुन्छु । थाहा छ तपाईले यो फेसबुकमा पढ्नुहुन्न तर तपाईलाई यो कुरा सुनाएर रुवाउन चाहान्न । त्यसैले फेसबुकमा तपाई प्रतिका भावनाहरु लेख्दैछु । सानैँ छँदा सोच्थेँ म तपाईलाई सदैब खुशी राख्नेछु, हरेक सुख–दुःखमा म तपाईको साथमा हुनेछु । तर आमा एउटा छोराले चाहेर पनि आमाको सबै खुशीहरु पुरा गर्न नसक्दो रहेछ । सदैब आमाको साथमा बस्न नसक्दो रहेछ । जब तपाईलाई मैले सबैभन्दा बढी माया गर्छु नि आमा तब तपाईको अपेक्षाहरु र तपाईको माया पनि मप्रति अलि बढि हुँदोरहेछ जुन मायाले सायद तपाईका अन्य सन्तानलाई ईष्र्या बढाउने काम गर्छ । तपाईको माया तपाईकै लागि घातक बन्दो रहेछ आमा ।
जब ठूलो हुँदै गएँ तब म डराउँदै गएँ किन कि मेरो कर्तब्यहरु बाँडिन थाल्यो । मलाई थाहा भयो मैले चाहेर पनि आमाबुवाको सपनाहरु पुरा गर्न नसक्ने रहेछु । कर्तब्य पुरा गर्ने क्रममा मैले पनि तपाईको साथ छोडेर हिँड्नु रहेछ यो समाजले देखाएको प्रतिस्पर्धाको बाटोमा । मैले जसरी पनि भाग लिनुपर्ने रहेछ समाजले चाहेको जीन्दगीको अग्नि परिक्षामा , त्यो परिक्षा जसले एउटा मान्छेलाई मान्छे भएर बाँच्न दिँदैन ।
मलाई थाहा छ तपाई त्यहाँ अझै पनि बुढ्यौली शरिरलाई घिसार्दै घाँस दाउरा गर्नुहुन्छ , अहिले पनि पुराना कपडाहरु आफैले धुनुहुन्छ , अझै पनि मेरो यादमा रुनुहुन्छ तर के गर्नु आमा म सदैव तपाईको सामु बस्न सक्दिन । जुन जीन्दगी म बाँचिरहेको छु त्यो जीन्दगी तपाईको लागि पट्यार लाग्दो हुन्छ , मैले तपाईबाट केही माईल मात्र टाढा रहेको यो बिरोनो शहरमा बस्नु पर्ने बाध्यताहरु तपाईले पनि बुझ्नुभएको छ आमा । तर किन तपाई, म एक हप्ता घर आईन भने पनि फोन गर्दै रुनुहुन्छ ? जीन्दगीमा त्यति धेरै संघर्ष गरेर अगाडि बढ्नुभएको मान्छे किन म नहुँदा यति धेरै आत्तिनु हुन्छ ? किन मैले तपाईलाई माया मारेको छु र ? किन मैले तपाईलाई बिर्सेको छु र ? म त तपाईकै साथमा छु आमा, सदैब, जीन्दगीका अन्तिम पलसम्म पनि ।

नसोच्नुस् आमा म बिहे पछि परिवर्तन भएँ भनेर । किन कि म अझै पनि तपाईको त्यही छोरा हुँ । म त्यही छोरा हुँ जो तपाईको लागि आफ्नै आफन्तसँग लडेँ, म त्यही छोरा हुँ जो तपाईका मैला कपडाहरु बोकेर बगर जाँदा घाँसदाउरा सँगै बोकेर आउँथेँ, म त्यही छोरा हुँ आमा जब तपाई बिरामी हुँदा म हारगुहार गरेर भौतारिन्थेँ गाउँभरि, त्यहि छोरा हुँ आमा जो आमाको अधिकारकालागि आफ्नै बुवा र दाजुहरुसँग बिद्रोह गर्न पनि चुकिन । आज म जे छु त्यसमा तपाई र बुवाको ठूलो हात छ । हो ममाथि तपाईहरुका धेरै आसाहरु थिए होलान् जुन पुरा गर्न सायद म जीन्दगीभर सक्दिन । प्रयासरत छु सदैब तर मलाई थाहा छ तपाईहरुको ईच्छाहरु सायद सबै पुरा गर्न सक्दिन आमा । केही यस्ता सत्य कुराहरु छन् आमा जुन कुराहरु यदि प्रतिकुल भएको भए सायद तपाईको छोरा पनि आज डाक्टर, ईन्जिनियर जस्तो ठूलो प्रोफेसनमा हुन्थेँ हुँला, तर हरेक मान्छेलाई अगाडि बढ्न परिवारकैै केही कुराहरुले रोक्दो रहेछ आमा, मैले छातिमा हात राखेर भन्नुपर्छ आमा मैले पढ्ने क्रममा पनि तपाईकै मात्र साथ पाएँ । केही आफन्तले सहयोग गरे तर हिसाब खोज्ने गरी, मलाई कसैले मैले गर्दा त्यो चन्द्र त्यहाँ पुगेको त हो भन्ने कुराहरु सुन्नु थिएन आमा, त्यसैले मैले जति सकेँ तपाईकै सहयोगमा गरेँ । आफैसँग पढ्ने समान कक्षामा पढेका साथीहरुलाई ट्युशन पढाएँ, कोदाली चलाएँ, तर पनि मैले पढाई पुरा गर्न सकिन आमा । सोचेको थिईनँ कुनै समयमा स्कूले जीवनमा सधैँ प्रथम हुने मैले कुनै दिन पढाईलाई बिचैमा रोक्नु पर्छ भनेर तर आज त्यहि भयो आमा जुन म कदापि गर्न चाहान्न थिएँ । सबैकोलागि परिवार जीन्दगीको अगाडि बढ्ने माध्यम हुन्छ रे तर मेरो लागि मेरो परिवार नै बाधक भयो आमा त्यो कुरा मैले तपाईलाई भनिरहनु पर्दैन ।
हुन त आमा त्यहाँ दाईहरु हुनुहुन्छ, भाउजुहरु हुनुहुन्छ, दिदीभेनाजु हुनुहुन्छ तर पनि चिन्ता लाग्छ आमा तपाईको । अझ तपाई रुँनुहुँदा आफैलाई पिडा हुन्छ । कहिलेकाँही यो बाध्यताहरुसँग घुँडा टेकेर सबै छोडेर तपाईसँगै बस्न मन लाग्छ आमा तर के गर्नु जीन्दगीमा बाँच्नकालागि संघर्ष गर्नुपर्दो रहेछ, जुन संघर्षले आज म तपाईभन्दा भौगोलिक रुपमा टाढा मात्र भएको छु आमा । जीन्दगीमा पिडाकै दौरानमा तपाईको मायाको प्रेरणा र तपाईकी बुहारीको मायाले केही आसाका किरणहरु पछ्याउँदै अगाडि बढेको छु । सायद तपाईहरुको साथ पनि भएन भने म जीउँदो रहनुको पनि कुनै अस्तित्व रहनेछैन त्यसैले आत्माबल बलियो बनाउनुस् आमा, म सधैँ तपाईको अगाडि एउटा आसाको ज्योति, एउटा सपना, एउटा साहस अनि एउटा जीउने आधार बनेर उभिएको छु , तपाईहरुको जीन्दगीको एउटा अनुराग बनेर बाँचेको छु त्यसैले सदैब खुशी रहनुस आमा, म छिट्टै आउनेछु ।
 
(२०७२ कार्तिक१ गते लिखित)

Tuesday, October 4, 2016

सक्छौ भने झ्यालखानामा हाल मलाई

कि मारा कि पाल मलाई
तिम्रै हुँ म सम्हाल मलाई
हो मैले चोरी गरेँ तिम्रो त्यो चोखो दिल
सक्छौ भने झ्यालखानामा हाल मलाई ।

(सरोबर सिङ्गीङ स्टार २०७२ को उत्कृष्ट १५ को स्टेज प्रस्तुति कार्यक्रममा यसो मुक्तक भन्दै, फोटोको लागि सामुयल दाईप्रति आभार)

आमाबुवा र तिमी, जसलाई मैले हँसाउनुछ अनि आफैँ हाँस्नु छ

Chandra Ghalan & Sabi Lama (SabiSaugat)
हो मैले तिम्रो मन अनायासै दुखाएको छु तिमीलाई रुवाएको छु । के गर्ने काली मेरो जीन्दगी नै यस्तै रहेछ, सबैलाई आँशु मात्र दिन्छु । सुख बाँड्ने दिनहरु थोरै मात्र आउँछन मेरो जीन्दगीमा । सधैँ दुःख मात्र बाँडीरहेको हुन्छु तिमी अनि सबै मेरा शुभचिन्तकहरुसँग । मेरा लागि के दशैँ के तिहार ? के बाहरका रमझमहरु अनि के सुखका पलहरु ? यी त अब सबै धमिला छायाँ जस्तो मात्र लाग्छ ।

दशैँको बेला एक मुठी चामलको टिका बाबाको हातबाट थापेर आएँ । कानभरि बुवाको आशिर्वादको जमरा सिउरेर आएँ । आमालाई अर्को दिन आउँछु भन्दै हतार–हतारमा कुँदे एफ.एम. तिर । बित्यो दशैँ एफ.एम. मै । सायद यो एफ. एम. मा मलाई माया गरिदिने अनि मेरो दुःखलाई बुझिदिने सर नभईदिनुभएको भए बित्थ्यो भोको पेट यी दशैँका दिनहरु पनि । जे होस् सबै हाकिमहरु हाकिम मात्र हुँदैनन्, केही यस्ता पनि हुन्छन् जसमा हामी हाम्रो आदर्श भेट्टाउन सक्छौँ । जसले छुन्छन् हृदयका तारहरु, अनि भर्दिन्छन् अदम्य साहसहरु । 

आज तिमी भौगोलिक रुपमा टाढा छौ तर पनि तिमीलाई मन दुखाईरहेको छु । मलाई माफ गर काली मैले तिमीलाई,आमाबुवालाई अनि आफैले आफैँलाई हँसाउन सकिन । किन कि म खुशी हुनका लागि तिमी अनि हाम्रो आमाबुवा पनि खुशी हुनुपर्छ । खै जीन्दगीले कुन मोडमा ल्याएर छोड्यो मलाई काली अनायासै डरलाग्दो सपनाहरु आउँछन् आँखाका वरीपरी, त्यो सपनामा कुद्छन् मेरै दाईहरु खुकुरी बोक्दै मेरा पछाडितिर, भाउजुहरु रोएको देख्छु, सताइएको देख्छु भाउजुहरु र दिदीहरुलाई, देख्छु सकीनसकी घाँसदाउरा गरीरहनुभएकी मेरी आमालाई भिरपाखामा, देख्छु आमाबुवाको ढाडमा लुछाचुँडी गरिरहेका दाजुभाईहरुलाई, सुन्छु आमाबुवाको मुटु छेड्ने तिखा वचनहरु तिनैका मुखबाट । 
बिउँझन्छु आत्तिन्छु । डराउँछु भित्रभित्रै । विद्यार्थी जीवनका ति स्वर्णिम पलहरु सम्झन्छु । पहिलोबाट दोस्रोमा झर्नु नपरेको त्यो चन्द्रलाई आज आफैभित्र खोज्छु । सँगैका साथीहरु कोही डाक्टर, कोही ईन्जीनियर तर म ? तर म अझै उस्तै छु , उस्तै पिडा, उस्तै बेदना । आफन्तहरु आए अझ बढी चोटहरु दिएर गए । साथ दिन्छु भन्नेहरुले अझ पिडा थपेर गए । अब म सँग बाँकी छन् त आमाबुवा र तिमी मात्र । जसलाई मैले हँसाउनुछ अनि आफैँ हाँस्नु छ । खै काली सक्छु वा सक्दिन तर हिम्मत हार्दिन । चाहे जस्तोसुकै बाधा आउन् तयार छु लड्न तर एउटै सर्तमा, आमाबुवा अनि तिमी मेरो साथमा हुनुपर्छ । बस् यही एउटा सर्तमा ।
(सन् २०१४ मा लिखित)