Wednesday, September 18, 2013

सिर्जना सुगन्ध’ को ५९ औँ भाग भदौ ३१ गते


शक्ति एफ.एम. १०३.४ मेगाहर्जबाट हरेक सोमबार राती ९:१५ बजे प्रसारण हुने कार्यक्रम ‘सिर्जना सुगन्ध’ को ५९ औँ भाग सुन्नको लागि तलको प्ले आईकनमा क्लिक गर्नुहोस् । कार्यक्रम सञ्चालक : यश लामा /कार्यक्रम उत्पदक : चन्द्र घलान

Sunday, September 8, 2013

‘आज म साँच्चै रुन्चे भएको छु’

‘स्मृति’ मलाई मन पर्ने नाम अनि मेरो मानसपटलमा अमिट सम्झना बनेको तिम्रो यादको लागि मैले जुराएको काल्पनिक नाम । दुनियाँको सामु रुँदा लिने गरेको तिम्रो काल्पनिक नाम यही हो । आज तिमी साँच्चै स्मृति मात्र बनेकी छ्यौ । यो निरश जिन्दगीमा तिम्रो याद साथमा छ तर तिमी छैनौ । आज चारै तिर तीजको माहोल छ । सबै नारीहरु आफ्नो मान्छेको लागि ब्रत बस्दै छन् । रेडियोबाट तीजको गीत बज्छ घरि–घरि अनि मेरो मुटुको धड्कन बढ्छ तिम्रो यादमा । २ वर्ष अघि तिमी नै थियौ मेरो जीन्दगीको पहिलो माया अनि पहिलो नारी जसले मलाई पाउन तीजको ब्रत बसेकी थियौ । त्यो दिन, दिन भरी नै पानी पनि नखाई ब्रत बसेकी थियौ तिमी यो चन्द्रको लागि । तिमीले केही नखाए सम्म केही नखाइ बस्ने अडान लिएर बसेको मलाई तिमीले साँझ ७ बजे तिर झुक्काएर खाना खुवाएकी थियौ । अनि १२ बजे राती फोन गर्दै मलाई जिल्ल पार्दै भर्खर ब्रत खोल्न थालेको भन्दै मलाई रुन्चे भन्दै जिस्काएकी थियौ । आज हामीबिचको त्यो माया मेरो मानसपटलमा केबल झ–झल्को मात्र बनेर बसेको छ । एक अर्थमा म आज साँच्चे  रुन्चे भएको छु । मलाई तिमीले रुवायौ त्यो म भन्दिन, म त आफ्नै कारणले रोएँ । मैले बिर्सीएँ ‘अति सर्वत्र बर्जते’ त्यसैले तिमीसँग अलि बढी नै डुँबेर माया गरेँ । तिमी पनि त मलाई कति धेरै माया गथ्र्यौ त्यसैले मैले कुनै दिन हाम्रो बिछोड पनि हुनसक्छ भनेर सोच्नै सकिन । मैले तिमीलाई यति धेरै माया गरेछु कि तिमी मेरो जीन्दगीबाट टाढा भएर नयाँ जीवन सुरु गरीसक्दा पनि म तिम्रो माया र सम्झनाबाट बाहिर निस्कन सकिन । तिमीले पल–पल तड्पाए पनि कतै तिम्रो मन दुख्ला कि भनेर मन बुझाएर बसीरहेँ । तर तिमीले एकै चोटी यति ठुलो चोट दियौ कि मैले आँखा नरुझाई बस्नै सकिन । तिमी सायद मेरो यादको पर्याय नै बनेर बसेकी छ्यौ त्यसैले तिमीलाई सम्झन्छु पलपलमा अनि रुन्छु तिम्रै वियोगमा भित्रभित्रै कल्पीएर । त्यसैले त म भन्छु म साँच्चै रुन्चे भएको छु ।

Sunday, July 28, 2013

जसले मन दुखाउँछ उसकै जाग्छ माया
धरधरी रुवाउनेकै किन लाग्छ माया ?

Saturday, July 27, 2013

आज म तिम्रो अभावमा बाँचेको छु

आफ्नो मान्छेले दिएको पिडा किन यती धेरै प्यारो लाग्छ ? थाहा छैन । थाहा छैन माया गर्नेहरुले पिडालाई कुन रुपमा देख्छन तर म त तिमीले दिएको पिडामा पनि मेरो जिन्दगी देख्छु । तिमीले दिएको पिडाले नै मलाई जिन्दगीमा मजबुत बनाउने छ । तिमीले दिएको पिडाले नै मैले जिन्दगीलाई बुझ्ने छु । अनी तिम्रो यादमा नै मायाको वास्तविकता बुझ्नेछु । मलाई यो अल्लारे बनेर हिँड्ने उमेरमा प्रेमपिडामा बाँच्न सिकाइदीएकोमा तिमीलाई हाँसी-हाँसी बिदा दिने मन थियो तर कतिखेर आँखा आँशुले छचल्कियो थाहै भएन । सपनाहरु टुक्रिए पछी फेरी नयाँ सपना सजाउन यो आत्माले नमान्दो रहेछ त्यसैले यो आत्मालाई चिथोर्न मन लाग्छ अनी यो आत्मामा आफ्नो आमाबुवा बाहेक अर्को तेस्रो प्रेमिकाको मायाको आभाश नभई दिए हुन्थ्यो भन्ने लाग्छ । थाहा छैन भोली के हुन्छ तर आज म तिम्रो अभावमा बाँचेको छु , पलपल तड्पिएर ।

पानी त पर्नै हुन्न

पानी त पर्नै हुन्न तिम्रो यादको बाढीले बगाएर मायाको संसारमा चोपल्न थाल्छ मलाई । अहिले चारै तिर पानी बर्सिरहेको छ अनी तिम्रो याद आँशु बनेर यी आँखाबाट नबर्षाई बस्नै सकिन । यी झरीका पानीका थोपाहरुले मेरो शरीर श्पर्ष गर्दा लाग्छ तिमीले नै मलाई श्पर्ष गरिरहेकी छ्यौ तर त्यो सबै कल्पनामा मात्र सिमित रह्यो अब ।

Sunday, June 23, 2013

के गर्नु मायालाई भौतिक वस्तु जस्तो गरी देखाउन सक्दिन

मेरो मनले सधैं चाहन्छ कि तिमी प्रतिको मेरो माया सदैब रहिरहोस् । साँच्चै देखाउन मिल्ने भए तिम्रा लागि कती माया छ अनी तिम्रो वियोगमा यो चन्द्रलाई कती पिडा हुन्छ देखाइ दिन्थेँ तर के गर्नु मायालाई भौतिक वस्तु जस्तो गरी देखाउन सक्दिन । तिमी टाढा हुन्छौ भन्ने कल्पना मात्र गर्दा पनि मेरो जिन्दगी अन्त्य भएको महसुश गर्छु म । जब म तिम्रो मुहार हेर्छु तब तिम्रो मुहारबाट मेरा यी नजरहरु हटाउन मन लाग्दैन किन कि तिम्रो त्यही मुहारको झ-झल्को अनी तिमी सँग बिताएका ती केही रमाईला पल अनी केही दु:खका पलहरुको सम्झनामा मैले आफ्नो जिन्दगीको गोरेटोमा सफलताका सिँढीहरु चढ्नु छ । अनी गर्नु छ मेरो आमा बुवाको नाम राख्ने केही सत्कर्म । म तिमीलाई कहिले पनि आत्माग्लानी हुन दिन्न । तिम्रो सामु सँधै हाँसेको हुनेछु । बरु तिमी रुँदा सँगै मिलेर रोउँला नि । मान्छे न हो सास रहे सम्म आस हुन्छ भन्छन , त्यसैले हाम्रो मिलनको कल्पना गर्छु अनी आफै सँग अनुत्तरित प्रश्न गर्छु 'के बिछोड पछी मिलन कहिले पनि हुँदैन र ? अनी पुस्छु आँखाका आँशुहरु तिम्रो मुस्कान सम्झँदै मुसुक्क हाँस्छु र सार्छु यी लर्बरिएका पाईलाहरु जिन्दगीका सफलताका सिँढिहरुमा ।
:-चन्द्र घलान , असार ९ गते आईतबार साँझ ७:१० बजे

Sunday, June 16, 2013

हिजो आज तिम्रो यादमा अझ बढी हराउन थालेको छु


हिजो आज तिम्रो यादमा अझ बढी हराउन थालेको छु। सधैं भरी त भन्दिन तर जब अफिस बाट निस्कन्छु अनी मायामा भित्र भित्रै खोक्रो भएको यो शहरको एकान्त कोठामा आँफैले आँफैलाई एक्लो पाउँछु तब मेरो आमाबुवा , घरपरिवार र तिम्रो यादले तड्पाउँछ। शायद तिमी एक दिन टाढा हुनेछौ भन्ने थाहा भएर होला वा शायद तिमी अरुको नै हुन्छौ भन्ने थाहा भएर होला मन दुख्छ। कोठामा चरैतिर आँखा डुलाउँछु म देख्छु एक हप्ता देखी खाना नपाकेका प्रेसर कुकरहरु अनी सोच्छु यदी तिमी मेरी भैदिएको भए हामी दुबै मिलेर सँगै खाना तयार पार्थ्यौँ , तिम्रो हातले बनाएको मिठो खाना सँगै बसेर खाने थ्यौँ होला। त्यत्तिकैमा म मेरी आमाको ममता मिसिएको ढिँडो र गुन्द्रुक सम्झन्छु अनी छाम्छु भोको पेटलाई। ओछ्यानमा ढल्छु अनायासै मोबाईल निकाल्छु , म देख्छु तिम्रो तस्बिर हाँसिरहेको अनी तिम्रो मुस्कान सँगै मेरो मुस्कान पनि मिसिन्छ। म देख्छु तिम्रो तस्बिर सँगै भएको मेरो आमाबुवाको तस्बिर अनी सोच्छु मैले कहिले कमाएर मेरो आमाबुवालाई खुशी दिने होला? आमाबुवा र तिम्रो तस्बिरलाई छातीमा टाँस्छु अनी सोच्छु मेरो जिन्दगीमा यो तस्बिरकी तिमी अनी मेरो आमाबुवा सँधै सँगै भईदिए म कती खुशी हुन्थेँ होला । निदाउने प्रयत्न गर्छु। निदाउनै थाल्छु तर त्यसै बेला लामखुट्टे नानीले गालैमा माया गर्न आइपुग्छिन । निन्द्रा भङग हुन्छ अनी फेरी सुरु हुन्छ तिम्रो यादको अन्त्यहिन सिलसिला । फोन उठाउँछु मस्तिष्कले तिम्रो मोबाईल नम्बर दिन्छ , डायल गर्छु फेरी काटिहाल्छु , सोच्छु तिमी गहिरो निन्द्रामा छौ होला। फोन गरुँ वा नगरुँ , मस्तिष्क र मनको द्वन्द सुरु हुन्छ । अन्तमा मिस्कल भए नि गर्छु अनी निदाएकी छैनौ भने तिम्रो कल आउने छ भनेर सोच्छु अनी निदाउँछु एक निन्द्रा। तिमी सपनामा आउँछ्यौ र म उड्छु तिमीलाई अङ्गालोमा बाँधेर सपनाको स्वर्णिम मायाको संसारमा जब सम्म बिहानी हुँदैन।

आमा मलाई तपाईंको माया नभएको होईन


आमा मलाई तपाईंको माया नभएको होईन । यो सँसारमा सबै भन्दा बढी माया म तँपाईलाई गर्छु । तर पनि आज तँपाईलाई त्यो गाउँको दु:खमा एक्लै छोडेर आज यो स्वार्थी दुनियाँमा एक्लै बस्ने आँट गर्दै छु ।
मलाई थाहा छ म घरमा नहुँदा तँपाई दु:खमा तड्पनु हुनेछ । तँपाईले सकी नसकी पानीका गाग्रिहरु बोक्नुहुँदा 'खै आमा म बोकी दिन्छु ' भनेर अघी सर्ने म हुँदिन त्यहाँ । बिहान् सबेरै उठेर जङ्गल जान लाग्नु हुँदा 'तँपाई घरमै बस्नुस् आमा म जान्छु जङ्गल भन्न पनि म त्यँहा हुँदिन । कमजोर शरीर अनी खाली खुट्टा थरथर कमाउँदै उकालो र भिरपाखामा घाँस-दाउराको भारी बोक्नुहुँदा तँपाईलाई सहारा दिन पनि म त्यँहा हुँदिन । तर पनि आमा बिवसताले म तँपाई भन्दा टाढा छु तर तँपाई प्रतिको मेरो माया म मरे नि मर्दैन आमा । सदैब यो मनमा मेरो धड्कनमा मेरो ढुज्कढुकी बनेर रही रहने छ । सदा-सदाका लागि ।

Monday, June 10, 2013

त्यो झरी परेको दिनको याद

"तिमीलाई थाहा छ ? मलाई त पानीमा रुझ्न कस्तो रमाईलो लाग्छ नि ।" मेरो यो प्रश्न सुनेर उनले भनिन्, "मलाई पनि रमाइलो लाग्छ नि ।" म छक्क परेँ उनको यो जवाफ सुनेर । हाम्रो चिन्जान भएको सुरुवातका दिन देखी नै थाहा थियो उनी पानीमा रुझ्न डराउँछिन भनेर तर आज त अचम्म पो भयो । म अल्मलिएको देखेर उनीले सानो आवाजमा भनिन्, " तँपाई सँगै हुँदा मात्र रुझ्न मन लाग्छ भनेको नि ।" हिजो पानी पर्दाको क्षण म ३ बर्ष अघिको यही कुरा सोच्दै थिएँ । खै किन हो पानी पर्नै हुँदैन म बिगतमा हराउन पुग्छु । हिजो जब कार्यक्रम अनुरोध सँगित सकिसके पछी म यही सोचमा हराउँदै थिएँ अचानक मेरी दिदीको फोन आयो । दिदीको फोन आउने बित्तिकै म बिगतबाट वर्तमानमा ओर्लिएँ । पानी पर्दाको चिसो मौसम दिदीले भन्नु भयो-"ओई कान्छा के गर्दै ? आईजो चटपटे खान ।" मैले हुन्छ भन्दै फोन राखेँ अनि एफ एम बाट सिमसिमे पानीमा रुझ्दै दिदीको अफिस नजिकैको चटपटे पसलमा गएँ । चटपटे खाँदै गर्दा एउटी १५-१६ कि केटी मेरो नजिकै आएर मेरो बुक देख्नु भयो कि ? भनेर सोध्न थालिन्, । म एकोहोरो थिएँ । आज सम्म नचिनेको केटी कसैको पनि मुहार राम्ररी नहेर्ने मान्छे म यो पटक पनि हेर्ने साहास गरिन। डेस्कमा भएको किताब टिपेर मैले उनीलाई दिएँ । । उनी थ्याङ्क यू भन्दै लजाएर गईन , । उनी गए पछी मैले दिदीलाई भनेँ-दिदी त्यो साथी कस्ती थिईन्, ? मैले त हेर्नै बिर्सेछु!" दिदीले मुसुमुसु हाँस्दै भन्नु भयो -कान्छा मलाई त तेरो २१ डिसेम्बर पो याद आयो,यो बुकको कुरा सुनेर । साँच्चै २० १ २ को २ १ डिसेम्बर अलि रमाइलो थियो मेरो लागि तर दिदीको अगाडि बिगतमा जान चाहिन। एकछिन पछि म दिदीसँग छुट्टिएर कोठा तिर लागेँ। म रुझ्दै जाँदै थिएं कसैले मलाई छाता ओढाउन आईपुगीन। म एक्कासी रोक्किएँ ,फर्केर हेरेँ एउटी राम्री मान्छे म तिर हेरेर मुस्कुराउँदै थीइन। निकै बेर नियालेर हेरेँ ,तर अहँ चिनेको जस्तो लागेन। म एकोहोरो भएको देखेर उनीले भनिन् -"के भयो चन्द्र जी , किन एकोहोरो हुनुभएको ? अरे ! उनीलाई त मेरो नाम पनि थाहा रहेछ , म झन् अलमल्लमा परें । उनीले भनिन् धेरै नसोच्नुस न तंपाई मलाई चिन्नुहुन्न होला सायद तर म तंपाई लाई राम्ररी चिन्छु तंपाईको मुक्तक र आवाजको त म फ्यान नै हुँ नि चन्द्र जी।
यस्तै कुरा गर्दै म कोठामा पुगें अनि उनीलाई थ्याङ्क यू भनें। बिदाईको हात हल्लाएँ तर थुक्क मेरो दिमाग उनको नाम नै सोध्न बिर्सेछु।

Sunday, June 2, 2013

पानी पर्न थाले पछी तिम्रो यादले गर्लम्मै अङ्गालो हाल्छ मलाई

ढाँटेको होईन साँच्चै हो , पानी पर्न थाले पछी तिम्रो यादले गर्लम्मै अङ्गालो हाल्छ मलाई । पराई हौ थाहा छ,टाढा छौ त्यो पनि थाहा छ अनी थाहा छ यो चन्द्रको दु:ख सँग तिम्रो केही सरोकार छैन। तै पनि कुनै दिन तिमी पनि मलाई माया गर्थ्यौ भन्ने कुरा भुल्न गाह्रै पर्दो रहेछ । त्यसैले त तिम्रो सम्झनालाई अङ्गाल्न बाध्य छु म । फेरी तिम्रो याद मेरो लागि बोझ पनि होइन किन कि तिमीले पो माया मार्यौ त , मैले त मारेको छैन नि।

तिम्रो सामु रोएर तिमीलाई हिनताबोध गराउन चाहान्न म

तिमी सँग जती खुशी भएर बोले पनि आखिर मन त रोइहाल्दो रहेछ । तिम्रो सामु रोएर तिमीलाई हिनताबोध गराउन चाहान्न म । त्यसैले आफ्नो पिडालाई तिमी सामु पोख्दा जोक भन्दा जस्तै हाँसी - हाँसी वर्णन गर्ने प्रयास गर्छु म । म अझै तिम्रो पर्खाईमा छु भनेर भन्दिन तर तिमीलाई भुलेर अर्को जिन्दगी सुरुवात गर्न चाहान्न म । त्यसैले आज भोली मेरो आमाबुवाको बाहेक अरुको सामिप्यतामा रहन डर लाग्छ मलाई ।

जन्म दिने आमा हुन उनी

-यो सुन्दर संसारमा जन्म दिने आमा हुन उनी
-संसारकै नि:श्वार्थ अनि साँचो प्रेमको परिभाषा हुन उनी
-आफ्नो सन्तानको सानो दु:खमा पनि आँशु चुहाउने आमा हुन उनी
-उनी नै देवताकी देवी,ममताकी खानी अनि यो सुन्दर संसार र सृष्टी कै उपहार हुन उनी
उनी हुन मेरी आमा मात्र मेरी आमा ।

Saturday, May 4, 2013

मर्न भन्दा जिउन नै सजिलो लाग्छ मलाई

थाहा छ मैले आफ्नो जिन्दगी जिउन धेरै संघर्ष गर्नुपर्छ, अनेकौँ अभाव सँग जुध्दै मैले आफ्नो पृष्ठभुमी तयार पार्नुपर्छ । चारै तिर अभावै अभाव छ । मैले आफ्नो तनाव बाट छुट्कारा पाउन केहि आफ्नै सँग पनि युद्ध गर्नुपर्छ । समग्रमा भन्नु पर्दा मेरो शिक्षा, भविष्य अनि आमाबुवाप्रती मेरो उत्तरदायित्व सबै डामाडोल छ । मेरो जिन्दगीलाई फर्केर हेर्ने हो भने मर्नु नै सहज जस्तो लाग्छ तर पनि मर्न भन्दा जिउन नै सजिलो लाग्छ मलाई किन कि मलाई आफ्नो आमाबुवाको साथ छोडेर यो संसारबाट टाढा हुन मन लाग्दैन । जिन्दगी हो पिडा त भैहाल्छ ।

Monday, April 8, 2013

थाहा छ तिमी टाढा छौ तर पनि किन तिमी नजिकै भएको आभास गर्छु म ?

जब तिमीले म सँग तिमीले गरेको भुलको क्षमा माग्यौ मनमा असह्य पिडाले जन्म लियो । तिमीलाई अङ्गालोमा कसेर डाँको छोडेर रुन मन लाग्यो तर आँखामा टिल्पिलाएको आँशु लाई लुकाउने असक्षम प्रयास गर्दै तिमीलाई सान्त्वना दिन बाहेक केहि गर्न सकिन ।
एक मनले यो सोच्यो कि बिगत सबै भुलेर तिमीलाई फेरी एक  पटक मेरी जिन्दगीमा फर्केर आउन आग्रह गरुँ तर तिमी आफैले लत्याएको म कसरी तिम्रो साथ मागुँ ?
तिमी मेरी होइनौ त्यो थाहा छ मलाई तर पनि किन तिम्रो यती धेरै चिन्ता लाग्छ ? आज तिमी मेरो जिबनबाट धेरै टाढा छौ । थाहा छ तिमी टाढा छौ तर पनि किन तिमी नजिकै भएको आभास गर्छु म ? किन मेरो मन दुख्दा तिम्रो सम्झना आउँछ ? तिमी कहाँ अनि के का लागी जाँदै छौ त्यो सोध्ने अधिकार पनि छैन म सँग । तिमी यो काम गर वा त्यो काम नगर भन्ने अधिकार पनि छैन म सँग , फेरी किन तिम्रो बारेमा सोच्छु म ।
यस्तै धेरै प्रश्न छन्, मनमा तर तिमीलाई सोधेर तिम्रा प्रगतिका पथमा लागेका पाइलाहरुलाई रोक्न चाहान्न म ।
यो चन्द्रको दु::ख देखेर तिमी आफैले आफैलाई यो पिडाको दोषी नसम्झनु किन कि तिम्रो मायाले मलाई कहिले पनि पिडा दिएको छैन ।
तिमी जस्तै नारीलाई ब्वाँसाले झैं झम्टन खोज्ने यी समाजका कु-तत्वहरु बाट जोगिएर हिँड्नु । किन कि सबै मान्छे भित्र मान्छे हुँदैन ।

Sunday, April 7, 2013

सोझो मान्छेलाई स्वार्थी बन्न पनि क्लास लिनुपर्ने रहेछ

थाहा छ यो चन्द्रलाई माया गर्ने अनि आफ्नो सोच्नेहरु धेरै छन । साथी, दिदी-बहिनी अनि दाजुभाइको नाता नै सही कम से कम आफ्नो भन्ने त छन्, तर पनि तिम्रो कमिको महसुश सधैँ हुँदोरहेछ । तिमी अझै मलाई माया गर्छौ त्यो पनि थाहा छ तर हिजोको जस्तो त्याग गर्ने सामर्थ्य सायद अब यो चन्द्रसँग छैन । त्यसैले त आज चन्द्र स्वार्थी बन्ने कोसिश गर्दैछ तर सोझो मान्छेलाई स्वार्थी बन्न पनि क्लास लिनुपर्ने रहेछ ।

धेरै चोटी मर्नु भन्दा एकै चोटी मर्नु बेस

थाहा छैन किन आज पनि म तिम्रो मायामा यती धेरै पिडा सँगालेर बाँच्छु । तिमीले झुठा वाचाहरु गरेर दिल दुखायौ, मलाई पलपलमा तड्पायौ र पनि यो मनले तिमीलाई नै खोज्ने गर्दछ । एक प्रकारले बुझ्दा साँच्चै तिमीले मेरो जिन्दगी नै बदली दियौ । माया प्रतिको मेरो विश्वासलाई नै डगमगाई दियौ र पनि तिम्रो माया यो मनबाट हटाउन सकिन । आज म यी आँशु पिएर तिमीलाई हँसाउने प्रयास गर्दैछु । आफ्नै मन दुखाएर तिमीलाई सुखमय जिबनको कामना गर्दै छु । यती हुँदा हुँदै पनि मेरो माया तिम्रो लागी काँडा बन्छ भने आउ मार मलाई, जिउँदै जलाई देउ मलाई । धेरै चोटी मर्नु भन्दा एकै चोटी मर्नु बेस । यती ईच्छा पुरा गरिदेउ मेरो ।

Monday, April 1, 2013

"I Love You Chandra. I can't Live Without You."

हिजो  अस्ती बिहान ३:०० बजे नै  निन्द्राले छोड्थ्यो तर खै किन हो आज बिहान अबेर सम्म निदाएछु । ५:०० बजेको अलार्मले पनि मलाई ब्युँझाएन । एकै चोटी ५:४० मा ब्युझिएँ त्यो पनि कसैको फोन आएर ।  नम्बर हेरेँ तर स्कृनको  नम्बर देखेर मलाई अचम्म लाग्यो । यो त्यही मान्छेको  नम्बर थियो जसले मेरो मायालाई नै अप्रिल फूल बनाएर छोडेकी थिईन्। एक बर्ष अगाडी अप्रिल १ तारिख मै उनी हातमा पुष्प गुच्छा लिएर बिहानै मेरो जिबनको पहिलो माया बनेर आएकी थिइन्। मेरो हात समाउदै उनीले कम्मरमा राखी दिईन्  र भनिन् " May I  Dance With You ? "म मख्ख परेँ किन कि मेरो मनमा बस्ने मान्छे नै मेरो अङ्गालोमा थिईन्, । एकै छिन हामी प्रेमाभाशमा डुब्यौँ अनि उनिले त्यो गुलाफको पुष्प गुच्छा म तिर बढाउँदै भनिन्- "I Love You Chandra. I can't Live Without You.म तिमी सँगै जिबन बिताउन चाहान्छु के तिमी मलाई साथ दिन्छौ ?" मेरो खुशिको सिमा नै रहेन । म एकोहोरो भएँ अनि बिस्तारै सम्हालिदै भनेँ –"I Love You Too."
मेरो जवाफ सुनेर उनि अनायसै मुस्कुराइन अनि भनिन्-"साँच्चै सोचेको ? Its April Fool Yaar. तिमी त क्या झुक्कियौ । Anyway  तिमीले त मलाई साँच्चै माया गर्छु भनेको होइन नि है ?
म अचानक  निराश भएँ । मेरो माया त उनको लागी खेल जस्तो पो भएछ । मन त दुख्यो तर उनको अगाडी हाँसेर होइन भनी दिएँ । त्यो दिन देखी म उनको नजिक परिन । यस्तै तर्कना गर्दै फोन रिसिभ गरेँ । उता बाट आवाज आयो  ? I Am Sorry Chandra For Last Year. But  I really Love You."मेरो आँखाबाट अनायासै आँशु झर्यो तर उनीलाई म अझै पनि तिमीलाई माया गर्छु भनेए भन्न सकिन ................... ...........हाहा !!! सिरियस नहुनुस है । मैले पनि यसो अप्रिल फूल मनाई दिएको ।

Monday, March 4, 2013

आमाबुवालाई हँसाउने सपना सजाएर हिँड्छु

आमाबुवालाई फोन नगरेको पनि आज ५ दिन भएछ । यो बिहानीमा सोच्दैछु सायद मेरी आमा उठेर गोठ तिर गाई भैँसीलाई खोले खुवाउँदै हुनुहुन्छ होला । अनि मेरो बुवा सकी नसकी दम रोग सँग लड्दै उठेर बस्ने प्रयास गर्दै हुनुहुन्छ होला । मलाई रहर थिएन मेरो बुढाबुढी भैसक्नु भएका आमा बुवालाई छोडेर हेटौँडामा एक्लै बस्न तर बिडम्बना मैले त्यसो गर्न सकिन । आमाबुवाको मुहारमा खुशी ल्याउने प्रयास गर्छु तर आजभोलि खुशी पनि पैसाको मोहजालामा कैदी भैसकेको रहेछ । मनमा सोच्छु आमाबुवालाई आदर सम्मान गरेर पनि उहाँहरुलाई खुशी तुल्याउन सकिन्छ त्यसैले आमाबुवाको आँखा अगाडी सदैब बसिरहुँ तर यही मनले फेरी भन्छ आमाबुवालाई सन्चो नहुँदा उपाचारको लागी थोरै खर्च पनि जुटाउन नसक्ने छोराको के अर्थ ? आमाले भन्नुभयो-"छोरा पढाइ छोड्देउ अब म तिमीलाईइ पढाउन सक्दिन ।" मैले सोचेँ साँच्चै १०/१० बर्ष आमा एउटाले धेरै दु:ख गरे र मलाई पढाउनु भयो । +२ मा दिदीले सहयोग गर्नुभयो अब म आफै पढ्नुपर्छ । त्यसैले जागिर खोज्दै आइपुगे एफ एम तिर । आज एफ एम मा ड्युटी गर्छु दैनिक ९ घन्टा । आमाबुवा छोराले पढ्दै छ अनि जागिर पनि खाँदैछ भनेर खुशी हुनुहुन्छ तर आज सम्म आमाबुवालाई कमाएर एक पैसा पनि पठाउन सकिएन । १० बर्षे स्कुले जिबनमा दोस्रो कहिले भैइन तर आज न त राम्ररी पढ्न सकेँ न त आमाबुवाको लागी केहि गर्न नै सकेँ तर पनि मनमा अझै आँट बोकेर हिँड्छु । आमाबुवालाई हँसाउने
सपना सजाएर हिँड्छु । मलाई विश्वाश छ म सफल हुनेछु ।

Sunday, February 24, 2013

कहिले कही थाहै नपाई मायाको बाटो हिँड्न पुग्दो रहेछु

विज्ञानले धेरै कुराको आविस्कार गर्‍यो तर माया कसलाई कती गर्ने भनेर नाप्ने स्केल बनाउन सकेन। किन कि आविष्कारक पनि एउटा मानब नै थियो,मायाको भोको मानब । मेरो क्षमताले भ्याउँदो हो त म मेरो सबै आफ्नो मान्छेलाई बराबर माया दिन्थेँ । यो सँसारलाई मायाको सँसार बनाउँथे । तर यो त सपना न हो । कहिले कही थाहै नपाई मायाको बाटो हिँड्न पुग्दो रहेछु । जुन बाटोले मलाई चोट र आँशु मात्र दियो त्यही बाटो फेरी किन हिँड्नु । र पनि मन न हो बाँधेर बँध्न नसकिने रहेछ । तर पनि यो मनमा कसैको माया छ त त्यो हो मेरी आमाको लागी माया । बस त्यती मात्रै ।

थाहा छैन मलाई किन तिम्रो यती धेरै माया लाग्छ ?

थाहा छैन मलाई किन तिम्रो यती धेरै माया लाग्छ ?
मलाई थाहा छ तिमीले मलाई तड्पायौ, तिमीले धोका दियौ,बिच बाटोमै छोडेर गयौ ।
तर पनि अचम्म लाग्छ मलाई, कि तिमीले जती तड्पाए पनि म अझै तिमीलाई नै माया गर्छु ।
आज पनि तिमीलाई सम्झन्छु अनि मनमा यस्तो एउटा भावना जन्माउँछु:-

छोडी गयौ दुख्यो मुटु सम्झनाको छाया
फेरी पनि तिम्रै मात्र किन लाग्छ माया ?

कोही होइन म तिम्रो भन्ने जान्दा जान्दै
राखी हिँड्छु तिम्रै याद दिलको दायाँ बायाँ
फेरी पनि तिम्रै मात्र किन लाग्छ माया ?

Sunday, February 17, 2013

आज पनि पानी पर्‍यो तिम्रो याद आयो

आज पनि पानी पर्‍यो तिम्रो याद आयो
आँखाबाट आँशु झर्यो तिम्रो याद आयो ।

यो झरीमा म सँगै रुझ्छु भन्थ्यौ तिमी
वाचा कसम अन्तै सर्यो तिम्रो याद आयो।

Wednesday, January 30, 2013

आमाको मन जस्तो सबैको मन भैदिए सायद यो सँसारमा माया नै माया हुन्थ्यो होला

आज मेरी आमा म सँग बोल्दै रुनुभयो । अनायसै आँशु खस्यो । सोच्दैछु म सायद आमालाई हँसाउने चाहानालाई पुरा गर्ने कोसिस गर्दा-गर्दै मर्छु होला ।मैले जुन दिन देखी आफ्नो होस सम्हालेँ त्यही दिन देखी नै आमाको आँखामा आँशु मात्रै देखेको छु । आमालाई दु:खको भुमरिमा छोडेर नजिकै रहेको हेटौँडामा समेत एक्लै बस्ने रहर थिएन तर के गर्नु सँधै आमा सँगै बसेर आमालाई अझ बढी पिडा थोपर्न चाहिन । थाहा छैन म मेरी आमालाई हँसाउन सक्छु वा सक्दिन तर जिवनको अन्तिम स्वास रहे सम्म पनि म मेरी आमाको मुहारमा खुशी ल्याउन प्रयास गरिरहनेछु । आमाको मन जस्तो सबैको मन भैदिए सायद यो सँसारमा माया नै माया हुन्थ्यो होला ।

Monday, January 21, 2013

के थाहा चन्द्र भोली हुन्छ वा हुँदैन ?


:-चन्द्र घलान
आजको बिहानी जस्तो हिजो थियो उस्तै नै थियो तर म हिजो जस्तो थिईनँ । खै किन हो खुशी थिएन मन । मनमा छट्पटी भएरै होला २:०० बजे नै निन्द्रा आँखाबाट टाढा भयो । ३:०० बज्यो  सोचिरहेँ । ४:०० बज्यो अनि उठाएँ साथीलाई । तयार भएर साथीलाई उनको पुग्नुपर्ने ठाउँ सम्म पुराइदिएँ । अनि आएँ एफ. एम. तिर । सोच्दै आएँ । एता उता हेरेँ, ती डिसेम्बर २१ वाली भेटिएला  कि भनेर सोचेँ तर आज उनको त्यो लजालु मुस्कान , त्यो प्रेमाभाषको पल पनि थिएन । मनको सोचै दौडियो म पनि सोच्दै दौडिएँ , कती खेर पोल मा ठोक्किएँ थाहै भएन । म रन्थनिएँ । एकै छिन त्यही बेहोस भएछु चारै तिर अध्याँरो भयो । एउटा आवाज कानमा गुन्जियो : अरे चन्द्र तँ किन यस्तो सोच्छस । कती अरुको बारेमा सोच्छस । तँ अरुको मन दुख्छ भनेर कती आफ्नो मन दुखाउँछस । के तेरो चाहिँ  मन दुख्दैन । थोरै  स्वार्थी बन्न सिक फुच्चे । एक पटक पाएको जिन्दगी किन तड्पिएर बिताउँछस ? बाहिर मात्र झुटो मुस्कान मुस्कुराएर होइन , मनको पिडा बिर्सिएर हाँस्न सिक फुच्चे । के थाहा  तँ भोली हुन्छस या हुँदैनस ।" म झस्किएँ जुरुक्क उठेँ टाउको दुख्यो,छामेँ घाउ नै भएछ । यता उता हेरेँ कोही देखिन ।भर्खरैको आवाज मेरी अशु दीदी को जस्तो लाग्यो । मेरी सरु दीदी अनि कान्छी दीदी को जस्तो पनि लाग्यो ।सोचेँ साँच्चै म किन यस्तो भएँ ? म भोली हुन्छु या  हुन्न मलाई के थाहा त्यसैले म हँसेर जिउँछु, चाहे जतिसुकै पिडा किन नहोस्,  म हाँसेरै जिउँछु । मन केहि खुशी भयो अनि उठेर लागेँ एफ.एम. तिर ।

Wednesday, January 16, 2013

दु:खमै भए पनि रमाएको थिएँ म

म सधैँ सोच्ने गर्थेँ म आफ्नो छुट्टै मायाको संसार बनाउनेछु । जती पिडा परेता पनि म पनि एक दिन अवश्य पनि खुशीले हाँस्नेछु तर जिन्दगी फूल झैँ फुलाउँछु भन्दा भन्दै कती खेर काँडा बन्न पुगेछ थाहै भएन मलाई ।
हिजोका दिनहरुमा म धेरै दु:खी थिएँ । दु:खमै भए पनि रमाएको थिएँ म । जसोतसो जिन्दगी चलिरहेको बेला तिमी मेरो जिन्दगीमा आयौ । मन भरी खुशी छरी दियौ अनि हाँस्न भुलिसकेको यो चन्द्रलाई पून: हाँस्न सिकयौ तर बिडम्, वना आज तिमीले फेरी मलाई उही पुरानै अवस्था मा छोडी दियौ मन दुखाएर , मन टुटाएर ।

Tuesday, January 15, 2013

याद आयो २१ डिसेम्बर

आज २०१२ को २१ डिसेम्बर  होइन र पनि मलाई त्यही पलको याद आयो आज । आज बिहानै उठियो अनि साथी लाई उठाएँ । बिहान को नित्यकर्म सकिसके पछी माईला बाबाले दिनुभाको पियानो निकालेँ अनि सुरु भयो सदा जस्तै सा रे ग म प ध नि सां ।
५:०० बज्यो साथी लाई उनको पुग्नुपर्ने ठाउँ सम्म पुर्याएँ तर उनको काम नै बनेन अनि फर्किएर साथी लाई रुम मै छोडेर दौडिएँ एफ. एम. तिर ।
कानमा ईएर फोन थियो अनि म थिएँ गीत को ताल मा :- तिम्रो हात समाइ आँट बटुल्छु
तिम्रो काँधमा दु:ख भुलाउँछु...........................    "साँच्चै हो ?" अचानक
गीत गाउँदै गर्दा रोडको दायाँ बट एउटा सुमुधुर आवाज आयो । मैले हेरेँ एउटी साथी बाटो को दायाँ तिर हिँड्दै थिईन्। वरिपरी हेरेँ , म मात्रै थिएँ । अलम ल्ल मा परेँ म । पुन: गीत कै ताल मा हिडेँ । फेरी उही आवाज आयो "स्वर मिठो छ " ।
अब भने उनले मलाई नै भनेकी हुन भन्ने लाग्यो । अँध्यारोमा उनको मुहार नियाल्ने असफल प्रयास गरेँ तर उनको मुहार देख्नै सकिन । सायद मेरो बा ध्यता बुझिन् क्यारे उनले मोबाइल झिकिन्, अनि हेर्न थालिन्, । खै उमेरको दोष हो वा मेरो आँखाको, उनको मुहारले मेरो मुटुको रफ्तार बढायो । कता कता काउकुती लाग्यो । बोल्न खोजेँ बोल्ने आँटै आएन । एकै छिन त्यत्तिकै हिडेँ । केहि बोलिन ।उनी र म दायाँ बायाँ तर बोलचाल नै छैन । ओम्याक्स् कट्यो एफ. एम. नजिकियो अनि मेरो मन छटपटियो । मेरो छटपटी बुझेर होला उनले हाँस्दै भनिन्," केहि छैन भोली फेरीभेट  भैहाल्छ नि ।" म त दङ्ग परेँ । कतै उनी उनै २१ डिसेम्बरवाली त होईनन्, । अनि मनमा कुरा खेलाउँदै एफ. एम. तिर लागेँ ।

Sunday, January 6, 2013

आज यस्तो लाग्दैछ कि म साँच्चै अभागी नै हुँ

आज यस्तो लाग्दैछ कि म साँच्चै अभागी नै हुँ । जसलाई म चाहान्छु उनी त आफ्नो छुट्टै सपनाको संसारमा रमाउदै होलिन्, । म भन्दा टाढा अनि मेरो जीन्दगीबाट कोसौँ टाढा । तर म चाहेर पनि अरु कसैलाई साथ दिन सक्दिन , माया दिन सक्दिन । जसलाई म मित्रताको नाता बहेक केहि दिन सक्दिन उनलाई म कसरी त्यस्तै  मनको  माया दिन सक्छु ? मनमा माया भएर मात्र भएन ।