Sunday, June 23, 2013

के गर्नु मायालाई भौतिक वस्तु जस्तो गरी देखाउन सक्दिन

मेरो मनले सधैं चाहन्छ कि तिमी प्रतिको मेरो माया सदैब रहिरहोस् । साँच्चै देखाउन मिल्ने भए तिम्रा लागि कती माया छ अनी तिम्रो वियोगमा यो चन्द्रलाई कती पिडा हुन्छ देखाइ दिन्थेँ तर के गर्नु मायालाई भौतिक वस्तु जस्तो गरी देखाउन सक्दिन । तिमी टाढा हुन्छौ भन्ने कल्पना मात्र गर्दा पनि मेरो जिन्दगी अन्त्य भएको महसुश गर्छु म । जब म तिम्रो मुहार हेर्छु तब तिम्रो मुहारबाट मेरा यी नजरहरु हटाउन मन लाग्दैन किन कि तिम्रो त्यही मुहारको झ-झल्को अनी तिमी सँग बिताएका ती केही रमाईला पल अनी केही दु:खका पलहरुको सम्झनामा मैले आफ्नो जिन्दगीको गोरेटोमा सफलताका सिँढीहरु चढ्नु छ । अनी गर्नु छ मेरो आमा बुवाको नाम राख्ने केही सत्कर्म । म तिमीलाई कहिले पनि आत्माग्लानी हुन दिन्न । तिम्रो सामु सँधै हाँसेको हुनेछु । बरु तिमी रुँदा सँगै मिलेर रोउँला नि । मान्छे न हो सास रहे सम्म आस हुन्छ भन्छन , त्यसैले हाम्रो मिलनको कल्पना गर्छु अनी आफै सँग अनुत्तरित प्रश्न गर्छु 'के बिछोड पछी मिलन कहिले पनि हुँदैन र ? अनी पुस्छु आँखाका आँशुहरु तिम्रो मुस्कान सम्झँदै मुसुक्क हाँस्छु र सार्छु यी लर्बरिएका पाईलाहरु जिन्दगीका सफलताका सिँढिहरुमा ।
:-चन्द्र घलान , असार ९ गते आईतबार साँझ ७:१० बजे

Sunday, June 16, 2013

हिजो आज तिम्रो यादमा अझ बढी हराउन थालेको छु


हिजो आज तिम्रो यादमा अझ बढी हराउन थालेको छु। सधैं भरी त भन्दिन तर जब अफिस बाट निस्कन्छु अनी मायामा भित्र भित्रै खोक्रो भएको यो शहरको एकान्त कोठामा आँफैले आँफैलाई एक्लो पाउँछु तब मेरो आमाबुवा , घरपरिवार र तिम्रो यादले तड्पाउँछ। शायद तिमी एक दिन टाढा हुनेछौ भन्ने थाहा भएर होला वा शायद तिमी अरुको नै हुन्छौ भन्ने थाहा भएर होला मन दुख्छ। कोठामा चरैतिर आँखा डुलाउँछु म देख्छु एक हप्ता देखी खाना नपाकेका प्रेसर कुकरहरु अनी सोच्छु यदी तिमी मेरी भैदिएको भए हामी दुबै मिलेर सँगै खाना तयार पार्थ्यौँ , तिम्रो हातले बनाएको मिठो खाना सँगै बसेर खाने थ्यौँ होला। त्यत्तिकैमा म मेरी आमाको ममता मिसिएको ढिँडो र गुन्द्रुक सम्झन्छु अनी छाम्छु भोको पेटलाई। ओछ्यानमा ढल्छु अनायासै मोबाईल निकाल्छु , म देख्छु तिम्रो तस्बिर हाँसिरहेको अनी तिम्रो मुस्कान सँगै मेरो मुस्कान पनि मिसिन्छ। म देख्छु तिम्रो तस्बिर सँगै भएको मेरो आमाबुवाको तस्बिर अनी सोच्छु मैले कहिले कमाएर मेरो आमाबुवालाई खुशी दिने होला? आमाबुवा र तिम्रो तस्बिरलाई छातीमा टाँस्छु अनी सोच्छु मेरो जिन्दगीमा यो तस्बिरकी तिमी अनी मेरो आमाबुवा सँधै सँगै भईदिए म कती खुशी हुन्थेँ होला । निदाउने प्रयत्न गर्छु। निदाउनै थाल्छु तर त्यसै बेला लामखुट्टे नानीले गालैमा माया गर्न आइपुग्छिन । निन्द्रा भङग हुन्छ अनी फेरी सुरु हुन्छ तिम्रो यादको अन्त्यहिन सिलसिला । फोन उठाउँछु मस्तिष्कले तिम्रो मोबाईल नम्बर दिन्छ , डायल गर्छु फेरी काटिहाल्छु , सोच्छु तिमी गहिरो निन्द्रामा छौ होला। फोन गरुँ वा नगरुँ , मस्तिष्क र मनको द्वन्द सुरु हुन्छ । अन्तमा मिस्कल भए नि गर्छु अनी निदाएकी छैनौ भने तिम्रो कल आउने छ भनेर सोच्छु अनी निदाउँछु एक निन्द्रा। तिमी सपनामा आउँछ्यौ र म उड्छु तिमीलाई अङ्गालोमा बाँधेर सपनाको स्वर्णिम मायाको संसारमा जब सम्म बिहानी हुँदैन।

आमा मलाई तपाईंको माया नभएको होईन


आमा मलाई तपाईंको माया नभएको होईन । यो सँसारमा सबै भन्दा बढी माया म तँपाईलाई गर्छु । तर पनि आज तँपाईलाई त्यो गाउँको दु:खमा एक्लै छोडेर आज यो स्वार्थी दुनियाँमा एक्लै बस्ने आँट गर्दै छु ।
मलाई थाहा छ म घरमा नहुँदा तँपाई दु:खमा तड्पनु हुनेछ । तँपाईले सकी नसकी पानीका गाग्रिहरु बोक्नुहुँदा 'खै आमा म बोकी दिन्छु ' भनेर अघी सर्ने म हुँदिन त्यहाँ । बिहान् सबेरै उठेर जङ्गल जान लाग्नु हुँदा 'तँपाई घरमै बस्नुस् आमा म जान्छु जङ्गल भन्न पनि म त्यँहा हुँदिन । कमजोर शरीर अनी खाली खुट्टा थरथर कमाउँदै उकालो र भिरपाखामा घाँस-दाउराको भारी बोक्नुहुँदा तँपाईलाई सहारा दिन पनि म त्यँहा हुँदिन । तर पनि आमा बिवसताले म तँपाई भन्दा टाढा छु तर तँपाई प्रतिको मेरो माया म मरे नि मर्दैन आमा । सदैब यो मनमा मेरो धड्कनमा मेरो ढुज्कढुकी बनेर रही रहने छ । सदा-सदाका लागि ।

Monday, June 10, 2013

त्यो झरी परेको दिनको याद

"तिमीलाई थाहा छ ? मलाई त पानीमा रुझ्न कस्तो रमाईलो लाग्छ नि ।" मेरो यो प्रश्न सुनेर उनले भनिन्, "मलाई पनि रमाइलो लाग्छ नि ।" म छक्क परेँ उनको यो जवाफ सुनेर । हाम्रो चिन्जान भएको सुरुवातका दिन देखी नै थाहा थियो उनी पानीमा रुझ्न डराउँछिन भनेर तर आज त अचम्म पो भयो । म अल्मलिएको देखेर उनीले सानो आवाजमा भनिन्, " तँपाई सँगै हुँदा मात्र रुझ्न मन लाग्छ भनेको नि ।" हिजो पानी पर्दाको क्षण म ३ बर्ष अघिको यही कुरा सोच्दै थिएँ । खै किन हो पानी पर्नै हुँदैन म बिगतमा हराउन पुग्छु । हिजो जब कार्यक्रम अनुरोध सँगित सकिसके पछी म यही सोचमा हराउँदै थिएँ अचानक मेरी दिदीको फोन आयो । दिदीको फोन आउने बित्तिकै म बिगतबाट वर्तमानमा ओर्लिएँ । पानी पर्दाको चिसो मौसम दिदीले भन्नु भयो-"ओई कान्छा के गर्दै ? आईजो चटपटे खान ।" मैले हुन्छ भन्दै फोन राखेँ अनि एफ एम बाट सिमसिमे पानीमा रुझ्दै दिदीको अफिस नजिकैको चटपटे पसलमा गएँ । चटपटे खाँदै गर्दा एउटी १५-१६ कि केटी मेरो नजिकै आएर मेरो बुक देख्नु भयो कि ? भनेर सोध्न थालिन्, । म एकोहोरो थिएँ । आज सम्म नचिनेको केटी कसैको पनि मुहार राम्ररी नहेर्ने मान्छे म यो पटक पनि हेर्ने साहास गरिन। डेस्कमा भएको किताब टिपेर मैले उनीलाई दिएँ । । उनी थ्याङ्क यू भन्दै लजाएर गईन , । उनी गए पछी मैले दिदीलाई भनेँ-दिदी त्यो साथी कस्ती थिईन्, ? मैले त हेर्नै बिर्सेछु!" दिदीले मुसुमुसु हाँस्दै भन्नु भयो -कान्छा मलाई त तेरो २१ डिसेम्बर पो याद आयो,यो बुकको कुरा सुनेर । साँच्चै २० १ २ को २ १ डिसेम्बर अलि रमाइलो थियो मेरो लागि तर दिदीको अगाडि बिगतमा जान चाहिन। एकछिन पछि म दिदीसँग छुट्टिएर कोठा तिर लागेँ। म रुझ्दै जाँदै थिएं कसैले मलाई छाता ओढाउन आईपुगीन। म एक्कासी रोक्किएँ ,फर्केर हेरेँ एउटी राम्री मान्छे म तिर हेरेर मुस्कुराउँदै थीइन। निकै बेर नियालेर हेरेँ ,तर अहँ चिनेको जस्तो लागेन। म एकोहोरो भएको देखेर उनीले भनिन् -"के भयो चन्द्र जी , किन एकोहोरो हुनुभएको ? अरे ! उनीलाई त मेरो नाम पनि थाहा रहेछ , म झन् अलमल्लमा परें । उनीले भनिन् धेरै नसोच्नुस न तंपाई मलाई चिन्नुहुन्न होला सायद तर म तंपाई लाई राम्ररी चिन्छु तंपाईको मुक्तक र आवाजको त म फ्यान नै हुँ नि चन्द्र जी।
यस्तै कुरा गर्दै म कोठामा पुगें अनि उनीलाई थ्याङ्क यू भनें। बिदाईको हात हल्लाएँ तर थुक्क मेरो दिमाग उनको नाम नै सोध्न बिर्सेछु।

Sunday, June 2, 2013

पानी पर्न थाले पछी तिम्रो यादले गर्लम्मै अङ्गालो हाल्छ मलाई

ढाँटेको होईन साँच्चै हो , पानी पर्न थाले पछी तिम्रो यादले गर्लम्मै अङ्गालो हाल्छ मलाई । पराई हौ थाहा छ,टाढा छौ त्यो पनि थाहा छ अनी थाहा छ यो चन्द्रको दु:ख सँग तिम्रो केही सरोकार छैन। तै पनि कुनै दिन तिमी पनि मलाई माया गर्थ्यौ भन्ने कुरा भुल्न गाह्रै पर्दो रहेछ । त्यसैले त तिम्रो सम्झनालाई अङ्गाल्न बाध्य छु म । फेरी तिम्रो याद मेरो लागि बोझ पनि होइन किन कि तिमीले पो माया मार्यौ त , मैले त मारेको छैन नि।

तिम्रो सामु रोएर तिमीलाई हिनताबोध गराउन चाहान्न म

तिमी सँग जती खुशी भएर बोले पनि आखिर मन त रोइहाल्दो रहेछ । तिम्रो सामु रोएर तिमीलाई हिनताबोध गराउन चाहान्न म । त्यसैले आफ्नो पिडालाई तिमी सामु पोख्दा जोक भन्दा जस्तै हाँसी - हाँसी वर्णन गर्ने प्रयास गर्छु म । म अझै तिम्रो पर्खाईमा छु भनेर भन्दिन तर तिमीलाई भुलेर अर्को जिन्दगी सुरुवात गर्न चाहान्न म । त्यसैले आज भोली मेरो आमाबुवाको बाहेक अरुको सामिप्यतामा रहन डर लाग्छ मलाई ।

जन्म दिने आमा हुन उनी

-यो सुन्दर संसारमा जन्म दिने आमा हुन उनी
-संसारकै नि:श्वार्थ अनि साँचो प्रेमको परिभाषा हुन उनी
-आफ्नो सन्तानको सानो दु:खमा पनि आँशु चुहाउने आमा हुन उनी
-उनी नै देवताकी देवी,ममताकी खानी अनि यो सुन्दर संसार र सृष्टी कै उपहार हुन उनी
उनी हुन मेरी आमा मात्र मेरी आमा ।