Wednesday, January 30, 2013

आमाको मन जस्तो सबैको मन भैदिए सायद यो सँसारमा माया नै माया हुन्थ्यो होला

आज मेरी आमा म सँग बोल्दै रुनुभयो । अनायसै आँशु खस्यो । सोच्दैछु म सायद आमालाई हँसाउने चाहानालाई पुरा गर्ने कोसिस गर्दा-गर्दै मर्छु होला ।मैले जुन दिन देखी आफ्नो होस सम्हालेँ त्यही दिन देखी नै आमाको आँखामा आँशु मात्रै देखेको छु । आमालाई दु:खको भुमरिमा छोडेर नजिकै रहेको हेटौँडामा समेत एक्लै बस्ने रहर थिएन तर के गर्नु सँधै आमा सँगै बसेर आमालाई अझ बढी पिडा थोपर्न चाहिन । थाहा छैन म मेरी आमालाई हँसाउन सक्छु वा सक्दिन तर जिवनको अन्तिम स्वास रहे सम्म पनि म मेरी आमाको मुहारमा खुशी ल्याउन प्रयास गरिरहनेछु । आमाको मन जस्तो सबैको मन भैदिए सायद यो सँसारमा माया नै माया हुन्थ्यो होला ।

Monday, January 21, 2013

के थाहा चन्द्र भोली हुन्छ वा हुँदैन ?


:-चन्द्र घलान
आजको बिहानी जस्तो हिजो थियो उस्तै नै थियो तर म हिजो जस्तो थिईनँ । खै किन हो खुशी थिएन मन । मनमा छट्पटी भएरै होला २:०० बजे नै निन्द्रा आँखाबाट टाढा भयो । ३:०० बज्यो  सोचिरहेँ । ४:०० बज्यो अनि उठाएँ साथीलाई । तयार भएर साथीलाई उनको पुग्नुपर्ने ठाउँ सम्म पुराइदिएँ । अनि आएँ एफ. एम. तिर । सोच्दै आएँ । एता उता हेरेँ, ती डिसेम्बर २१ वाली भेटिएला  कि भनेर सोचेँ तर आज उनको त्यो लजालु मुस्कान , त्यो प्रेमाभाषको पल पनि थिएन । मनको सोचै दौडियो म पनि सोच्दै दौडिएँ , कती खेर पोल मा ठोक्किएँ थाहै भएन । म रन्थनिएँ । एकै छिन त्यही बेहोस भएछु चारै तिर अध्याँरो भयो । एउटा आवाज कानमा गुन्जियो : अरे चन्द्र तँ किन यस्तो सोच्छस । कती अरुको बारेमा सोच्छस । तँ अरुको मन दुख्छ भनेर कती आफ्नो मन दुखाउँछस । के तेरो चाहिँ  मन दुख्दैन । थोरै  स्वार्थी बन्न सिक फुच्चे । एक पटक पाएको जिन्दगी किन तड्पिएर बिताउँछस ? बाहिर मात्र झुटो मुस्कान मुस्कुराएर होइन , मनको पिडा बिर्सिएर हाँस्न सिक फुच्चे । के थाहा  तँ भोली हुन्छस या हुँदैनस ।" म झस्किएँ जुरुक्क उठेँ टाउको दुख्यो,छामेँ घाउ नै भएछ । यता उता हेरेँ कोही देखिन ।भर्खरैको आवाज मेरी अशु दीदी को जस्तो लाग्यो । मेरी सरु दीदी अनि कान्छी दीदी को जस्तो पनि लाग्यो ।सोचेँ साँच्चै म किन यस्तो भएँ ? म भोली हुन्छु या  हुन्न मलाई के थाहा त्यसैले म हँसेर जिउँछु, चाहे जतिसुकै पिडा किन नहोस्,  म हाँसेरै जिउँछु । मन केहि खुशी भयो अनि उठेर लागेँ एफ.एम. तिर ।

Wednesday, January 16, 2013

दु:खमै भए पनि रमाएको थिएँ म

म सधैँ सोच्ने गर्थेँ म आफ्नो छुट्टै मायाको संसार बनाउनेछु । जती पिडा परेता पनि म पनि एक दिन अवश्य पनि खुशीले हाँस्नेछु तर जिन्दगी फूल झैँ फुलाउँछु भन्दा भन्दै कती खेर काँडा बन्न पुगेछ थाहै भएन मलाई ।
हिजोका दिनहरुमा म धेरै दु:खी थिएँ । दु:खमै भए पनि रमाएको थिएँ म । जसोतसो जिन्दगी चलिरहेको बेला तिमी मेरो जिन्दगीमा आयौ । मन भरी खुशी छरी दियौ अनि हाँस्न भुलिसकेको यो चन्द्रलाई पून: हाँस्न सिकयौ तर बिडम्, वना आज तिमीले फेरी मलाई उही पुरानै अवस्था मा छोडी दियौ मन दुखाएर , मन टुटाएर ।

Tuesday, January 15, 2013

याद आयो २१ डिसेम्बर

आज २०१२ को २१ डिसेम्बर  होइन र पनि मलाई त्यही पलको याद आयो आज । आज बिहानै उठियो अनि साथी लाई उठाएँ । बिहान को नित्यकर्म सकिसके पछी माईला बाबाले दिनुभाको पियानो निकालेँ अनि सुरु भयो सदा जस्तै सा रे ग म प ध नि सां ।
५:०० बज्यो साथी लाई उनको पुग्नुपर्ने ठाउँ सम्म पुर्याएँ तर उनको काम नै बनेन अनि फर्किएर साथी लाई रुम मै छोडेर दौडिएँ एफ. एम. तिर ।
कानमा ईएर फोन थियो अनि म थिएँ गीत को ताल मा :- तिम्रो हात समाइ आँट बटुल्छु
तिम्रो काँधमा दु:ख भुलाउँछु...........................    "साँच्चै हो ?" अचानक
गीत गाउँदै गर्दा रोडको दायाँ बट एउटा सुमुधुर आवाज आयो । मैले हेरेँ एउटी साथी बाटो को दायाँ तिर हिँड्दै थिईन्। वरिपरी हेरेँ , म मात्रै थिएँ । अलम ल्ल मा परेँ म । पुन: गीत कै ताल मा हिडेँ । फेरी उही आवाज आयो "स्वर मिठो छ " ।
अब भने उनले मलाई नै भनेकी हुन भन्ने लाग्यो । अँध्यारोमा उनको मुहार नियाल्ने असफल प्रयास गरेँ तर उनको मुहार देख्नै सकिन । सायद मेरो बा ध्यता बुझिन् क्यारे उनले मोबाइल झिकिन्, अनि हेर्न थालिन्, । खै उमेरको दोष हो वा मेरो आँखाको, उनको मुहारले मेरो मुटुको रफ्तार बढायो । कता कता काउकुती लाग्यो । बोल्न खोजेँ बोल्ने आँटै आएन । एकै छिन त्यत्तिकै हिडेँ । केहि बोलिन ।उनी र म दायाँ बायाँ तर बोलचाल नै छैन । ओम्याक्स् कट्यो एफ. एम. नजिकियो अनि मेरो मन छटपटियो । मेरो छटपटी बुझेर होला उनले हाँस्दै भनिन्," केहि छैन भोली फेरीभेट  भैहाल्छ नि ।" म त दङ्ग परेँ । कतै उनी उनै २१ डिसेम्बरवाली त होईनन्, । अनि मनमा कुरा खेलाउँदै एफ. एम. तिर लागेँ ।

Sunday, January 6, 2013

आज यस्तो लाग्दैछ कि म साँच्चै अभागी नै हुँ

आज यस्तो लाग्दैछ कि म साँच्चै अभागी नै हुँ । जसलाई म चाहान्छु उनी त आफ्नो छुट्टै सपनाको संसारमा रमाउदै होलिन्, । म भन्दा टाढा अनि मेरो जीन्दगीबाट कोसौँ टाढा । तर म चाहेर पनि अरु कसैलाई साथ दिन सक्दिन , माया दिन सक्दिन । जसलाई म मित्रताको नाता बहेक केहि दिन सक्दिन उनलाई म कसरी त्यस्तै  मनको  माया दिन सक्छु ? मनमा माया भएर मात्र भएन ।