Sunday, April 24, 2016

पौडेलसंग १५ मिनेट -२०७३ बैशाख १२ गते आईतबार

कार्यक्रम– पौडेलसंग १५ मिनेट 
प्रस्तोता– बालकृष्ण दाहाल
प्रसारण समय– हरेक दिन साँझ  ६ः४५  बजे
प्रकार– बहस (समासमायिक विषयमा आनन्दराम पौडेलसंग संवाद गरिने  रेडियो कार्यक्रम)
उत्पादन– रेडियो सरोबर ९२.५ मेगाहर्ज, हेटौंडा, मकवानपुर, नेपाल
अडियो/भिडियो - चन्द्र घलान
अडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Saturday, April 23, 2016

सरोबर संवादमा डा. बिनोद न्यौपाने

कार्यक्रम– सरोबर संवाद
प्रस्तोता– आनन्दराम पौडेल
प्रसारण समय– हरेक दिन बिहान ६ः३० बजे
प्रकार– बहस (समासमायिक विषयमा विज्ञहरुसँग संवाद गरिने  रेडियो कार्यक्रम)
उत्पादन– रेडियो सरोबर ९२.५ मेगाहर्ज, हेटौंडा, मकवानपुर, नेपाल
अडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Wednesday, April 20, 2016

सरोबर संवादमा दिपक ज्ञवाली

कार्यक्रम– सरोबर संवाद
प्रस्तोता– आनन्दराम पौडेल
प्रसारण समय– हरेक दिन बिहान ६ः३० बजे
प्रकार– बहस (समासमायिक विषयमा विज्ञहरुसँग संवाद गरिने  रेडियो कार्यक्रम)
उत्पादन– रेडियो सरोबर ९२.५ मेगाहर्ज, हेटौंडा, मकवानपुर, नेपाल
अडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

बैशाख ७ गतेको कार्यक्रम मुटुदेखि मुटुसम्म

रेडियो कार्यक्रम– ‘मुटुदेखि मुटुसम्म  ’
प्रस्तोता–  चन्द्र घलान
प्रसारण समय– हरेक मंगलबार राति ९ः१५ बजे
प्रकार– प्रेमसन्देश (एस.एम.एस. र फेसबुकबाट प्रेमसन्देश राखिने रेडियो कार्यक्रम)
उत्पादन– रेडियो सरोबर ९२.५ मेगाहर्ज, हेटौंडा, मकवानपुर, नेपाल
अडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Thursday, April 14, 2016

आमा, म तपाईको हरेक दुःखमा रुन्छु.... ( समर्पण आमालाई)

स्कूल लेभलमा पढ्दाको कुरा, त्यतिबेला हाम्रो घरमा आमाबुवा र ममात्रै थियौँ । छोरा, छोरी र बुहारी सबै आफै बन्नपथ्र्यो ।
आमालाई बढी दुःख नगर्नु आमा भनेर आग्रह गर्थेँ तर लगातार परिश्रम गर्ने बानी परेको आमा, घाँसदाउरा नगरि बस्नै सक्नुहुन्नथ्यो । बिहानै घाँस दाउरा काट्न जान्थ्यौँ आमाछोरा मिलेर । आमा घाँसदाउरा भनेपछि धेरै लोभ गर्नुहुन्थ्यो । मान्छे दुई जना गए पनि ४ भारी जति दाउरा र घाँस हुन्थ्यो । आमा बढी भएको घाँसदाउरा छोड्न पनि मान्नुहुन्न थ्यो । रोगी र बुढो शरिर, आमा भारि बोकेर खासै हिँड्न सक्नुहुन्नथ्यो । आमालाई झिँगडीहरु बोक्न लगाएर बाँकी सबै दाउरा घाँटी बाँङ्गो पार्दै बोकेर आउँथेँ म । घर आईपुग्दा ८ः३० बजीसकेको हुन्थ्यो । हतार हतार करेसाबारीमा लगाएको लट्टे र मेथीका साग टिप्थेँ, आलु मिसाएर बनाउँथेँ अनि आमाबुवालाई खाना दिएर आफु पनि खाएर स्कूल जान्थेँ । हरेक दिन यहि क्रम दोहोरिन्थ्यो । कहिलेकाँही जङ्गलमा नै ९ बज्थ्यो अनि भोकै कुद्थेँ स्कूलमा । दुःखैमा पढे पनि पढाई राम्रो थियो । आमाबुवाको म प्यारो छोरा थिएँ ।
मेरी आमा
जब शनिबार आउँथ्यो आमाबुवाको कपडा, तन्ना, सिरकका खोलहरु एक डोको बोकेर खोलामा जान्थेँ । लुगा धुँदा ३ बजिसक्थ्यो । लुगा धोएर खेतमा पानी हेर्थेँ अनि छाप्रोमा बसेर पढ्थेँ । सानोमा धेरै दुःख गरियो तर जाडो महिनामा घर लिपपोत गर्नु जस्तो दुःख केही लाग्दैनथ्यो । राति भिजाई राखेको पहेँलो माटो र चिसो पानीलाई कपडाले भुईमा पोत्दा हात पररर गथ्र्यो ।
आज मेरी आमा घरमा हुनुहुन्छ, चारैतिर छोरा बुहारी, छोरी ज्वाईको माझमा तर म त्यहाँ छैन । आज पनि आमालाई सम्झाउँछु ‘आमा अब त दुःख गर्न छोडिदिनुस्, बाख्राहरु पनि बेचिदिए हुन्छ, तपाईले अब घाँसदाउरा गर्नुपर्दैन ।’ तर मेरी आमा मान्नुहन्न, बाँचुन्जेल, सकुन्जेल काम गर्छु भन्नुहुन्छ । आज पनि बिहानै आमासँग कुरा गर्न फोन गर्छु तर मेरी आमा नाम्लो बोकेर घाँसदाउरा काट्न जङ्गल गईसक्नुभएको हुन्छ । जब राति फोन गर्छु तब फोनबाटै रक्सीको गन्ध आउँछ, आमासँग बोल्न पनि भतिजको स्कूल छुट्टी हुने दिन कुनुपर्छ । मेरी आमालाई पढ्न आउँदैन, मोबाईल रिसिभ गर्न सिकाउन खोज्छु तर उहाँ सक्दिन भन्नुहुन्छ । मैले उहाँलाई अक्षर चिन्ने बनाउन प्रयास नगरेको होईन तर जुन बेला सम्म मैले सिकाउन खोजेँ त्यो बेला सायद मेरी आमाको आँखाको ज्योति धमिलो भईसकेको थियो ।
त्यो बेला म एक्लै घरमा थिएँ तर आमाबुवालाई कहिले रुवाईन । आज आमाबुवा दाईभाउजु, दिदीभेनाजु र भतिजाभतिजीहरुको बिचमा हुनुहुन्छ तर पनि किन रुनुहुन्छ ? किन म २ हप्ता मात्र घर नपुग्दा पनि आमाबुवालाई म टाढिएको महशुस हुन्छ ? सोच्थेँ छोरीहरु नै आमाबुवालाई माया गर्ने एकमात्र सन्तान हुन् तर आज किन मेरो विश्वास डगमगाउँछ ? किन घरमा जानुभन्दा आमाबुवालाई हेटौंडामै बोलाउन सजिलो लाग्छ ? आखिर किन ?

मेरी सासुमा र जीवनसँगीनी
आज मेरो भाग्यमा अर्की एउटी आमाको पनि कर्तव्य थपिएको छ, मेरी जीवनसँगीनीकी आमा । उहाँको पनि दुःखहरु छन् । गाउँमा मेलापात र घाँसदाउरा गर्नमा नै उहाँको समय बित्छ । धन्न मेरी आमाजति निरक्षर हुनुहुन्न । आज सवि र मेरो मनमा आमाबुवालाई हँसाउने चाहाना छ । कर्तव्य पुरा गर्ने रहर छ, आमाबुवालाई जीन्दगीका सारा खुशीहरु दिने रहर छ । आमाबुवा माथिको कर्तव्य जबरजस्ती पुरा गर्ने होईन कि उहाँहरुलाई हँसाउने ठुलो रहर छ । तर यो सिनो पनि नछोड्ने सानो मन भएको शहरमा संघर्ष गरेर सायद हाम्रो यो सपना पुरा हुनेछैन । यो शहरमा हरेक कुरा पैसा तोलिईन्छ । जब पैसा छ नि तब सबै पछि लाग्छन् । नभए पनि ५० रुपैँया सापटी पनि पत्याउँदैन यो शहरले । यो शहरमा बैँकमा पैसा हुनेहरुले पनि १०० सापटी दिँदैन । सापटी दिईहाल्यो भने पनि पैसा नभएर बिजोग भाछ अस्तिको १०० रुपैयाँ छ भने देऊ न भनेर हैरान पार्छन् ।

यस्तो शहरमा बसेर खै कहिले उभो लाग्ला र तर पनि संघर्ष गरिरहेको छु । र यो कुरा हाम्रो आमालाई पनि थाहा छ । यो कुराबाट अन्जान कोही छन् त ती दाजुभाई र चेलीबेटीहरु मात्र हुन् । शहरमा आएर बरु आवश्यक पर्दा भावनात्मक साथीहरुको अनगिन्ती सहयोग पाएको छु जुन सहयोग रगतको साईनो भएकोले पनि गर्दैन । अब त यहि आसा छ कि भोलि हामी सक्षम भएको बेला हाम्रो आमाबुवालाई दिने समय पर्याप्त होस् । यहि प्रार्थना गर्छु भगवानसँग ।

Wednesday, April 13, 2016

२०७३ बैशाख १ गतेको कार्यक्रम ‘अनुराग’

साहित्यिक रेडियो कार्यक्रम– ‘अनुराग’
प्रस्तोता– सवि लामाचन्द्र घलान
कार्यक्रम प्रसारण समय– हरेक बुधबार राति ९ः१५ बजे
रेडियो स्टेसन– रेडियो सरोबर ९२.५ मेगाहर्ज, हेटौंडा–४, नारायणी मल
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Thursday, April 7, 2016

चैत्र २४ गतेको कार्यक्रम ‘अनुराग’

 साहित्यिक रेडियो कार्यक्रम– ‘अनुराग’
प्रस्तोता– सवि लामाचन्द्र घलान
कार्यक्रम प्रसारण समय– हरेक बुधबार राति ९ः१५ बजे
रेडियो स्टेसन– रेडियो सरोबर ९२.५ मेगाहर्ज, हेटौंडा–४, नारायणी मल
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Wednesday, April 6, 2016

चैत्र २४ गतेको कार्यक्रम- मुटुदेखि मुटुसम्म

रेडियो कार्यक्रम– ‘मुटुदेखि मुटुसम्म  ’
प्रस्तोता–  चन्द्र घलान
कार्यक्रम प्रसारण समय– हरेक मंगलबार राति ९ः१५ बजे
रेडियो स्टेसन– रेडियो सरोबर ९२.५ मेगाहर्ज, हेटौंडा–४, नारायणी मल
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।