Sunday, October 28, 2012

आज फेरी तिमीसँग आँट गरेर सोध्न मन लाग्यो-के हाम्रो मायाको अन्त्य भएकै हो त ?

आज फेरी तिमीसँग आँट गरेर सोध्न मन लाग्यो-के हाम्रो मायाको अन्त्य भएकै हो त ? के अब फेरी हामी एक हुन सक्दैनौँ ? हुन त तिमी मलाई छोडेर गएको मान्छे, मेरो दु:ख वा मेरो बेदनासँग तिमीलाई के मतलब तर पनि आज अन्तिम चोटी सोध्न मन लाग्यो । यो कुराले तिम्रो मन दुखेको भए मलाई माफ गरिदेउ है । तिमीले त नाई नै भन्छौ होला । चिन्ता नगर रुन्ची म तिम्रो बाटोको काँडा बन्ने छैन ।आज अन्तिम चोटी सोधेँ, तिम्रो जवाफ के आउछ थाहा छैन तर तिमीले मेरो दु:ख देखेर मेरै लागी आफ्नो चाहानाहरु छोड्नु पर्छ भन्ने छैन । तिमी पनि अरु जस्तै नारी हौ त्यसैले तिम्रो पनि अरुको जस्तै आफ्नै सपना छन होला । त्यसैले मेरो जिन्दगीमा फर्केर आउनु पर्छ भन्ने छैन किन कि तिमीले खोज्ने सपनहरु मेरो भात्किएको घरमा छैन । तिमी मेरो हुनै पर्छ भन्ने छैन अनि म तिम्रो यादमा रोएँ भन्दैमा तिमी पनि रुनु पर्छ भन्ने छैन ।तिमी हिजो पनि स्वतन्त्र थ्यौ र आज पनि छौ । त्यसैले रुनु परे मनै रोउँला तर तिमी खुशी हुनु । यस्तै रहेछ माया म मेरी आमाको लागि केहि नगरि मर्दिना चहे तिमी मलाई पिडा देउ वा माया ।

Thursday, October 25, 2012

तिम्रो याद

जिन्दगी आज यस्तो हुन्छ भनेर सोचेको पनि थिँईन ।आज फेरी उहि पुरानै ब्यथा बल्झाएर तड्पदैछु अनि खोज्दैछु तिम्रो सामीप्यता र तिम्रो महशुश तिम्रा ति सम्झनाहरुमा ।
तिमीले त कती सजिलै नाता तोडी दियौ । फोन उठायौ अनि भन्यौ-'अब तपाईं मेरो साथी मात्रै हो त्यो भन्दा बढी केहि सोच्नु पर्दैन ।' एक चोटी फर्केर मायाको नाता माग्ने मौका पनि दिएनौ । हाम्रो मायालाई प्रेमबाट मित्रतामा बढुवा गरी दियौ । तिमीले वास्ता नगरे

पनि म आज तिमीसँग मित्रताको नाता निभाउँदैछु । चारै तिर पिडा मात्रै देख्दा यो संसार छोडौ जस्तो लाग्छ तर मेरी आमाको ममताको ऋण चुक्ता नगरी यो संसार छोड्न पनि सक्दिन ।त्यसैले तिमीले दिएको पिडालाई मनमा सजाएर जिन्दगीको लक्ष्यमा पुग्ने अठोट गर्दै तिम्रो याद र मेरी आमाको ममतालाई मेरो जिन्दगीको बाटो बनाएर अघी बढ्दैछु ।तिमी साथ देउ या नदेउ तर तिम्रो साथ नभए पनि म मेरी आमाको ममताको साहारामा मेरो जिन्दगीलाई सफल ताको शिखरमा पुराउन सक्छु अनि मेरी आमाको लागी केहि गर्न सक्छु । यती साहाश अझै बाँकी छ मसँग ।
आज राती ९:१५ बजे शक्ती एफ एम १०३.४ मा साथी तान्जेन तामाङ जी को बेदना समेटिएको कार्यक्रम 'किन लाग्छ माया ?' सुन्न नभुल्नु होला है ।