आमाबुवालाई फोन नगरेको पनि आज ५ दिन भएछ । यो बिहानीमा सोच्दैछु सायद
मेरी आमा उठेर गोठ तिर गाई भैँसीलाई खोले खुवाउँदै हुनुहुन्छ होला । अनि
मेरो बुवा सकी नसकी दम रोग सँग लड्दै उठेर बस्ने प्रयास गर्दै हुनुहुन्छ
होला । मलाई रहर थिएन मेरो बुढाबुढी भैसक्नु भएका आमा बुवालाई छोडेर
हेटौँडामा एक्लै बस्न तर बिडम्बना मैले त्यसो गर्न सकिन । आमाबुवाको
मुहारमा खुशी ल्याउने प्रयास गर्छु तर आजभोलि खुशी पनि पैसाको मोहजालामा
कैदी भैसकेको रहेछ । मनमा सोच्छु आमाबुवालाई आदर सम्मान गरेर पनि
उहाँहरुलाई खुशी तुल्याउन सकिन्छ त्यसैले आमाबुवाको आँखा अगाडी सदैब
बसिरहुँ तर यही मनले फेरी भन्छ आमाबुवालाई सन्चो नहुँदा उपाचारको लागी थोरै
खर्च पनि जुटाउन नसक्ने छोराको के अर्थ ? आमाले भन्नुभयो-"छोरा पढाइ
छोड्देउ अब म तिमीलाईइ पढाउन सक्दिन ।" मैले सोचेँ साँच्चै १०/१० बर्ष आमा
एउटाले धेरै दु:ख गरे र मलाई पढाउनु भयो । +२ मा दिदीले सहयोग गर्नुभयो अब
म आफै पढ्नुपर्छ । त्यसैले जागिर खोज्दै आइपुगे एफ एम तिर । आज एफ एम मा
ड्युटी गर्छु दैनिक ९ घन्टा । आमाबुवा छोराले पढ्दै छ अनि जागिर पनि खाँदैछ
भनेर खुशी हुनुहुन्छ तर आज सम्म आमाबुवालाई कमाएर एक पैसा पनि पठाउन सकिएन
। १० बर्षे स्कुले जिबनमा दोस्रो कहिले भैइन तर आज न त राम्ररी पढ्न सकेँ न
त आमाबुवाको लागी केहि गर्न नै सकेँ तर पनि मनमा अझै आँट बोकेर हिँड्छु ।
आमाबुवालाई हँसाउने
सपना सजाएर हिँड्छु । मलाई विश्वाश छ म सफल हुनेछु ।
सपना सजाएर हिँड्छु । मलाई विश्वाश छ म सफल हुनेछु ।