थाहा
 छ मैले आफ्नो जिन्दगी जिउन धेरै संघर्ष गर्नुपर्छ, अनेकौँ अभाव सँग जुध्दै
 मैले आफ्नो पृष्ठभुमी तयार पार्नुपर्छ । चारै तिर अभावै अभाव छ । मैले 
आफ्नो तनाव बाट छुट्कारा पाउन केहि आफ्नै सँग पनि युद्ध गर्नुपर्छ । 
समग्रमा भन्नु पर्दा मेरो शिक्षा, भविष्य अनि आमाबुवाप्रती मेरो 
उत्तरदायित्व सबै डामाडोल छ । मेरो जिन्दगीलाई फर्केर हेर्ने हो भने मर्नु 
नै सहज जस्तो लाग्छ तर पनि मर्न भन्दा जिउन नै सजिलो लाग्छ मलाई किन कि 
मलाई आफ्नो आमाबुवाको साथ छोडेर यो संसारबाट टाढा हुन मन लाग्दैन । जिन्दगी
 हो पिडा त भैहाल्छ ।