Sunday, July 28, 2013
Saturday, July 27, 2013
आज म तिम्रो अभावमा बाँचेको छु
आफ्नो मान्छेले दिएको पिडा किन यती धेरै प्यारो 
लाग्छ ? थाहा छैन । थाहा छैन माया गर्नेहरुले पिडालाई कुन रुपमा देख्छन तर म
 त तिमीले दिएको पिडामा पनि मेरो जिन्दगी देख्छु । तिमीले दिएको पिडाले  नै
 मलाई जिन्दगीमा मजबुत बनाउने छ । तिमीले दिएको पिडाले
 नै मैले जिन्दगीलाई बुझ्ने छु । अनी तिम्रो यादमा नै मायाको वास्तविकता 
बुझ्नेछु । मलाई यो अल्लारे बनेर हिँड्ने उमेरमा प्रेमपिडामा बाँच्न 
सिकाइदीएकोमा तिमीलाई हाँसी-हाँसी बिदा दिने मन थियो तर कतिखेर आँखा आँशुले
 छचल्कियो थाहै भएन । सपनाहरु टुक्रिए पछी फेरी नयाँ सपना सजाउन यो आत्माले
 नमान्दो रहेछ त्यसैले यो आत्मालाई चिथोर्न मन लाग्छ अनी यो आत्मामा आफ्नो 
आमाबुवा बाहेक अर्को तेस्रो प्रेमिकाको मायाको आभाश नभई दिए हुन्थ्यो भन्ने
 लाग्छ । थाहा छैन भोली के हुन्छ तर आज म तिम्रो अभावमा बाँचेको छु , पलपल 
तड्पिएर ।
पानी त पर्नै हुन्न
पानी
 त पर्नै हुन्न तिम्रो यादको बाढीले बगाएर मायाको संसारमा चोपल्न थाल्छ 
मलाई । अहिले चारै तिर पानी बर्सिरहेको छ अनी तिम्रो याद आँशु बनेर यी 
आँखाबाट नबर्षाई बस्नै सकिन । यी झरीका पानीका थोपाहरुले मेरो शरीर श्पर्ष 
गर्दा लाग्छ तिमीले नै मलाई श्पर्ष गरिरहेकी छ्यौ तर त्यो सबै कल्पनामा 
मात्र सिमित रह्यो अब ।
Subscribe to:
Comments (Atom)


