Wednesday, September 18, 2013
सिर्जना सुगन्ध’ को ५९ औँ भाग भदौ ३१ गते
Sunday, September 8, 2013
‘आज म साँच्चै रुन्चे भएको छु’
‘स्मृति’ मलाई मन पर्ने नाम अनि मेरो मानसपटलमा अमिट सम्झना बनेको तिम्रो यादको लागि मैले जुराएको काल्पनिक नाम । दुनियाँको सामु रुँदा लिने गरेको तिम्रो काल्पनिक नाम यही हो । आज तिमी साँच्चै स्मृति मात्र बनेकी छ्यौ । यो निरश जिन्दगीमा तिम्रो याद साथमा छ तर तिमी छैनौ । आज चारै तिर तीजको माहोल छ । सबै नारीहरु आफ्नो मान्छेको लागि ब्रत बस्दै छन् । रेडियोबाट तीजको गीत बज्छ घरि–घरि अनि मेरो मुटुको धड्कन बढ्छ तिम्रो यादमा । २ वर्ष अघि तिमी नै थियौ मेरो जीन्दगीको पहिलो माया अनि पहिलो नारी जसले मलाई पाउन तीजको ब्रत बसेकी थियौ । त्यो दिन, दिन भरी नै पानी पनि नखाई ब्रत बसेकी थियौ तिमी यो चन्द्रको लागि । तिमीले केही नखाए सम्म केही नखाइ बस्ने अडान लिएर बसेको मलाई तिमीले साँझ ७ बजे तिर झुक्काएर खाना खुवाएकी थियौ । अनि १२ बजे राती फोन गर्दै मलाई जिल्ल पार्दै भर्खर ब्रत खोल्न थालेको भन्दै मलाई रुन्चे भन्दै जिस्काएकी थियौ । आज हामीबिचको त्यो माया मेरो मानसपटलमा केबल झ–झल्को मात्र बनेर बसेको छ । एक अर्थमा म आज साँच्चे रुन्चे भएको छु । मलाई तिमीले रुवायौ त्यो म भन्दिन, म त आफ्नै कारणले रोएँ । मैले बिर्सीएँ ‘अति सर्वत्र बर्जते’ त्यसैले तिमीसँग अलि बढी नै डुँबेर माया गरेँ । तिमी पनि त मलाई कति धेरै माया गथ्र्यौ त्यसैले मैले कुनै दिन हाम्रो बिछोड पनि हुनसक्छ भनेर सोच्नै सकिन । मैले तिमीलाई यति धेरै माया गरेछु कि तिमी मेरो जीन्दगीबाट टाढा भएर नयाँ जीवन सुरु गरीसक्दा पनि म तिम्रो माया र सम्झनाबाट बाहिर निस्कन सकिन । तिमीले पल–पल तड्पाए पनि कतै तिम्रो मन दुख्ला कि भनेर मन बुझाएर बसीरहेँ । तर तिमीले एकै चोटी यति ठुलो चोट दियौ कि मैले आँखा नरुझाई बस्नै सकिन । तिमी सायद मेरो यादको पर्याय नै बनेर बसेकी छ्यौ त्यसैले तिमीलाई सम्झन्छु पलपलमा अनि रुन्छु तिम्रै वियोगमा भित्रभित्रै कल्पीएर । त्यसैले त म भन्छु म साँच्चै रुन्चे भएको छु ।
Subscribe to:
Posts (Atom)