आज फेरी तिमीसँग आँट गरेर सोध्न मन लाग्यो-के हाम्रो मायाको अन्त्य भएकै हो त ?
आज
 फेरी तिमीसँग आँट गरेर सोध्न मन लाग्यो-के हाम्रो मायाको अन्त्य भएकै हो त
 ? के अब फेरी हामी एक हुन सक्दैनौँ ? हुन त तिमी मलाई छोडेर गएको मान्छे, 
मेरो दु:ख वा मेरो बेदनासँग तिमीलाई के मतलब तर पनि आज अन्तिम चोटी सोध्न 
मन लाग्यो । यो कुराले तिम्रो मन दुखेको भए मलाई माफ गरिदेउ है । तिमीले त 
नाई नै भन्छौ होला । चिन्ता नगर रुन्ची म तिम्रो बाटोको काँडा बन्ने छैन 
।आज अन्तिम चोटी सोधेँ, तिम्रो जवाफ के आउछ थाहा छैन तर तिमीले मेरो दु:ख 
देखेर मेरै लागी आफ्नो चाहानाहरु छोड्नु पर्छ भन्ने छैन । तिमी पनि अरु 
जस्तै नारी हौ त्यसैले तिम्रो पनि अरुको जस्तै आफ्नै सपना छन होला । 
त्यसैले मेरो जिन्दगीमा फर्केर आउनु पर्छ भन्ने छैन किन कि तिमीले खोज्ने 
सपनहरु मेरो भात्किएको घरमा छैन । तिमी मेरो हुनै पर्छ भन्ने छैन अनि म 
तिम्रो यादमा रोएँ भन्दैमा तिमी पनि रुनु पर्छ भन्ने छैन ।तिमी हिजो पनि 
स्वतन्त्र थ्यौ र आज पनि छौ । त्यसैले रुनु परे मनै रोउँला तर तिमी खुशी 
हुनु । यस्तै रहेछ माया म मेरी आमाको लागि केहि नगरि मर्दिना चहे तिमी मलाई
 पिडा देउ वा माया ।
 
 
 
 
 
          
      
 
  
 
 
 
 
 
 
 
 
 
 
No comments:
Post a Comment