Sunday, February 24, 2013

कहिले कही थाहै नपाई मायाको बाटो हिँड्न पुग्दो रहेछु

विज्ञानले धेरै कुराको आविस्कार गर्‍यो तर माया कसलाई कती गर्ने भनेर नाप्ने स्केल बनाउन सकेन। किन कि आविष्कारक पनि एउटा मानब नै थियो,मायाको भोको मानब । मेरो क्षमताले भ्याउँदो हो त म मेरो सबै आफ्नो मान्छेलाई बराबर माया दिन्थेँ । यो सँसारलाई मायाको सँसार बनाउँथे । तर यो त सपना न हो । कहिले कही थाहै नपाई मायाको बाटो हिँड्न पुग्दो रहेछु । जुन बाटोले मलाई चोट र आँशु मात्र दियो त्यही बाटो फेरी किन हिँड्नु । र पनि मन न हो बाँधेर बँध्न नसकिने रहेछ । तर पनि यो मनमा कसैको माया छ त त्यो हो मेरी आमाको लागी माया । बस त्यती मात्रै ।

थाहा छैन मलाई किन तिम्रो यती धेरै माया लाग्छ ?

थाहा छैन मलाई किन तिम्रो यती धेरै माया लाग्छ ?
मलाई थाहा छ तिमीले मलाई तड्पायौ, तिमीले धोका दियौ,बिच बाटोमै छोडेर गयौ ।
तर पनि अचम्म लाग्छ मलाई, कि तिमीले जती तड्पाए पनि म अझै तिमीलाई नै माया गर्छु ।
आज पनि तिमीलाई सम्झन्छु अनि मनमा यस्तो एउटा भावना जन्माउँछु:-

छोडी गयौ दुख्यो मुटु सम्झनाको छाया
फेरी पनि तिम्रै मात्र किन लाग्छ माया ?

कोही होइन म तिम्रो भन्ने जान्दा जान्दै
राखी हिँड्छु तिम्रै याद दिलको दायाँ बायाँ
फेरी पनि तिम्रै मात्र किन लाग्छ माया ?

Sunday, February 17, 2013

आज पनि पानी पर्‍यो तिम्रो याद आयो

आज पनि पानी पर्‍यो तिम्रो याद आयो
आँखाबाट आँशु झर्यो तिम्रो याद आयो ।

यो झरीमा म सँगै रुझ्छु भन्थ्यौ तिमी
वाचा कसम अन्तै सर्यो तिम्रो याद आयो।