Late Kiran Ghalan |
वि.सं. २०७२ असार ११ गतेको कालरात्री हाम्रो परिवारले कहिले भुल्ने छैन । तिमीसँग केही गुनासो छैन माईला दाई, मन दुखाई यतिमा मात्र छ कि दाईप्रतिको जिम्मेवारी मैले पुरा गर्न पाईन । तिम्रो पिडामा दिल खोलेर मलमपट्टी लाउन सके तर जे गर्यो पैसोले गर्यो ।
मनभित्रको एउटा छटपटि यति मात्र रह्यो कि सायद तिम्रो भाईसँग पर्याप्त धन र तिमीलाई औंषधी र आहार समयमै खुवाईदिने मान्छेमात्र भएको भए सायद आज तिमी यो संसारमा हाँसीरहेको हुन्थ्यौ होला । सायद तिमी जिउँदै हुन्थ्यौ होला । तिमी संसार छोडेर गयौ तर तिमी अझै मुटुमा, मेरो स्मृतिमा जिउँदैछौ । कामना गर्छु यदि अर्को जन्म साँच्चै हुन्छ भने त्यो जन्ममा पनि तिमीलाई दाईको रुपमा पाउँ ।
We Five Brothers |
No comments:
Post a Comment