-चन्द्र घलान
जब निश्पष्ट अन्धकारलाई छिचोल्दै सुनौलो बिहानीको सुरुवात हुन्छ तब अनेकौं मानिसहरु आफ्नो नयाँ सपनालाई उचाइमा पुराउन तमतयार भएर अगाडी बढ्छन तर तिनै मानिसहरुको बिचमा म भने सधैं सपनाको संसारभन्दा पर रहेर जीन्दगीको वास्तविकतासंग जुध्न खोजिरहेको हुन्छु । बिहानै ४:०० बजे जब आँखा खुल्छ तब आमा संगै उठ्नु हुन्छ । उमेरले ६८ वर्ष पुग्नु भएता पनि अझै पनि घाँस दाउरा अनि गाईभैंसी भन्दाभन्दै बित्ने गर्छ आमाको दिनचर्या । बुढेसकाल अनि सुन्निने रोगको पीडालाइ सहँदै , सन्तानले दिएको मानाशिक पीडालाई भुल्दै अगाडी बढ्नुहुन्छ मेरी आमा । जब म घरबाट निस्कन्छु आमाको आँखामा आँशु देख्छु । आमालाई किन रुनुभएको भनेर पनि सोध्न सक्दिन किन कि मलाई थाहा छ मेरी आमा किन रुनुहुन्छ भनेर । आमालाई दु:ख परेको देख्दा उहाँलाई छोडेर घरबाट निस्कन मन लाग्दैन । आमालाई घरमै आराम गर्न लगाएर सबै काम आफै गरौँ जस्तो लाग्छ तर म के गरूँ न घरमै बस्न सक्छु न त पीडा भुलेर राम्ररी पढ्न नै सक्छु । दाइलाई भनौ दाइको आफ्नै समस्या ,भाउजुलाई भनौ भाउजुको आफ्नै समस्या अनि बुवालाई कसरी भनौं किन कि उहाँ ८७ वर्ष पुगिसक्नु भयो । आमा भन्नु हुन्छ -छोरा अब म तिमीलाई पढाउन सक्दिन,अब काम गर तर काम गर्नलाई पनि त आफ्नो मान्छे चाहिँदो रहेछ । पारिवारिक पृष्ठभूमि आफैले निर्माण गर्नु छ अनि मात्रै जागिर खोज्नु छ । एफ.एम. को जागिर खान मात्रै पनि पुग्दैन । मेरी कान्छी दिदी कुवेतमा हुनुहुन्छ । कहिले कहीं आमाको उपचार गर कान्छा भनेर खर्छ पठाउनुहुन्छ । टाढा रहेर पनि आमा प्रतिको माया देख्दा यस्तो लाग्छ कि छोरी भनेको छोरी नै हुन्छ । आमा बुवालाई माया गर्न केवल एउटी छोरीलाई मात्र आउँछ ,छोराहरु त दु:ख दिन मात्र अग्रसर हुन्छन ।
संगै पढ्ने साथीहरु कोहि डाक्टर,कोहि इन्जिनिएर अनि कोहि पाइलट बन्छु भन्छन तर म के गरौँ ? म त ती कुराहरुको सपना मात्र पनि देख्न सक्दिन । चारै तिर यति धेरै पीडा भएता पनि बाँच्ने चाहाना बढ्छ । आमाको लागि केहि नगरी मर्दिन भन्ने साहास बढ्छ । आमा हुनु भएर नै होला सायद मेरो विश्वास मर्दैन । मनमा अनगिन्ती पीडा भएता पनि हाँस्ने प्रयास गर्छु अनि संघर्ष गर्छु जिन्दगीसंग । मलाई विश्वास छ म मर्नु भन्दा अगाडी मेरी आमाको लागि केहि राम्रो काम अवश्य गर्नेछु चाहे जतिसुकै पीडा होस् ।

No comments:
Post a Comment