विदेश जानु सबैको रहर हैन । यो त एउटा प्रकिया हो, समाजले सिर्जिदिएको प्रतिस्पर्धाको नियममा होमिएको विवश मानिसले अपनाउने अन्तिम उपाय हो विदेसिनु । जब मान्छे अभावमा पर्छ उसको लागि पैसा नै समस्याको समाधान गर्ने उपायको रुपमा उभिन्छ । मायालुको अङ्गालो भरिको माया, आमाको स्नेह, बाबाको साथ अनि परिवारको सम्झनालाई मुटुको एउटा कुनामा गाँठो पार्दै विदेसिन बाध्य हुन्छ मान्छे । आँखाभरि साहुको ऋण तिर्ने काँचो सपना बोकेर, मनमा बिछोडको आलो घाउ बोकेर अनि आँखाभरि ओसिलो आँसुका कणहरु बोकेर बिदेसिन्छ मान्छे । यो राजनितिको खेल हो, मुटु चुडाउने खेल हो, मन दुखाउने खेल हो अनि आफैले आफ्नो आत्मा र चाहानाहरुको हत्या गर्ने खेल हो । यो खेलमा आज हजारौँ युवाहरु लडिरहेका छन् । सबै लागिपरेका छन् मृत्यूलाई दाउमा राख्न, स्वाभिमानलाई बेच्न अनि प्रेमको तिलाञ्जली दिन । फरक यति हो कोही बाकसभरि पैसा बोकेर फर्कन्छन् अनि कोही त्यही बाकसमा भरिएर आउँछन् ।
No comments:
Post a Comment