आज बिहान अलि ढिलो उठेछु । ६:०० बजे जसरी भए पनि एफ. एम. मा न्युज बजाउन
पुग्नु पर्ने रूम मा नै ५:३० बजिसकेको थियो । हतार-हतार तयार भएर बाटोमा
दौडिएँ । अलि पर मात्र पुगेको थिएँ कलेज जान लगेकी एउटी अपरिचित साथी सँग
ठोक्किन पुगेँ । उनको किताब हरु बाटोमा छरपस्ट भयो । मैले सरी भन्दै उनको
मुहारमा हेरेँ । म त हेरेको हेर्यै भएँ । त्यो अन्धकारमा पनि उनको सुन्दर
मुहार आकाशका जुन जस्तै चम्किरहेका थिए । म अलि सम्हालिदै उनका किताब हरु
टिप्न थालेँ । र पून: सरी भन्न थालेँ । उनले मधुर मुस्कान छर्दै भनिन "
इट्स ओके, आज २१ डिसेम्बर हो नि । आज त मरिन्छ होला । अरु दिन अरु कोही म
सँग यसरी ठोक्किएको भए म चप्पल ले बजाइ दिन्थेँ । तर मर्ने दिनमा पनि के
झगडा गर्नु फेरी तिमी त हेर्दा सोझो पनि रहेछौ ।आइ थिङ्क यू आर गूड बोइ ।
सो आइ एम फीलिङ गूड । बाई, मरिन भने भोली यही ठाउँमा भेटुँला है ।" अनायसै
हात हल्लाएँ अनि भने आज त्यस्तो केहि हुँदैन भोली फेरी हामी अबस्य
भेट्नेछौँ ।" अनि म कुदेँ एफ. एम. तिर ।
No comments:
Post a Comment