तिमी
सधैँ भन्ने गर्थ्यौ-'मैले तपाईंलाई बिर्सन यो संसार छोड्नुपर्छ चन्द्र । म
मर्न सक्छु तर तपाईँलाई भुल्न सक्दिन ।' तिमीले त्यसो भन्दा मन खुशीले
पागाल हुन्थ्यो । म आफुलाई संसारको सबै भन्दा भाग्यमानी प्रेमी हुँ भन्ने
आभास गर्थेँ । हामी संगै
हाँस्यौँ,रमायौँ
अनि धेरै सपनाहरु सजायौँ । तर सपना त केबल सपना नै हुँदोरहेछ । आज हेर न
तिमी त मेरो जिन्दगीबाट टाढा भयौ तर तिम्रो याद , तिम्रो सम्झना मेरो मनबाट
टाढा भएन । तिमीलाई भुल्न कती प्रयास गरें तर सकिन । तिमीलाई भुल्न गजल
लेखेँ तर रदिफ र काफिया बनेर तिमी धाइरह्यौ, गीत गाएँ तिमी शब्द शब्द अनि
सँगीतको ताल बनेर पछ्याइ रह्यौ ।मनै न हो तिम्रो यादमा तड्पने गर्छ ।
तिम्रो यादमा जती तड्पे पनि अनि अब त जसरि नि भुल्छु भनेर यो मनलाई निचोरेर
राख्दा पनि मुटुको कुनाबाट , मुटुको धड्कनबाट तिम्रो माया निस्किएर गएन ।
खै के भनौँ माया दिइ मुटु दुखाउनेलाई
सकिएन भुल्न मिठो सपना देखाउनेलाई ।
खै के भनौँ माया दिइ मुटु दुखाउनेलाई
सकिएन भुल्न मिठो सपना देखाउनेलाई ।
No comments:
Post a Comment