आज दिनभरि म सामान्य  नै थिएँ । तर बिडम्वना जब सुर्यास्त भयो तब संसारको 
अन्धकार संगै मेरो खुशीमा पनि अन्धकारको कालो बादल छायो । यो कुरा थाहा 
नभएको भए पनि हुन्थ्यो तर अब थाहा पाइहालें त्यसैले मन दुख्यो । मैले 
जीन्दगीमा कति संघर्ष गर्नु पर्छ र कसरी अघि बढ्नुपर्छ आज थाहा पाए । मन त 
दुखेको छ तर पनि म आत्तिएको छैन किन कि म जसरी पनि आफुलाई अगाढी बढाउन 
प्रयत्नरत छु। म जिन्दगीको कुनै पनि चुनौती संग लड्नबाट पछि हट्दिन किन कि
 मलाई आफूमाथि पुरा विश्वास छ । किन कि म संग मेरो आमाको माया अनि बुवाको 
आशिर्वाद बाकी नै छ ।

No comments:
Post a Comment