जब तिमीले म सँग तिमीले गरेको भुलको क्षमा माग्यौ मनमा असह्य पिडाले जन्म लियो । तिमीलाई अङ्गालोमा कसेर डाँको छोडेर रुन मन लाग्यो तर आँखामा टिल्पिलाएको आँशु लाई लुकाउने असक्षम प्रयास गर्दै तिमीलाई सान्त्वना दिन बाहेक केहि गर्न सकिन ।
एक मनले यो सोच्यो कि बिगत सबै भुलेर तिमीलाई फेरी एक पटक मेरी जिन्दगीमा फर्केर आउन आग्रह गरुँ तर तिमी आफैले लत्याएको म कसरी तिम्रो साथ मागुँ ?
तिमी मेरी होइनौ त्यो थाहा छ मलाई तर पनि किन तिम्रो यती धेरै चिन्ता लाग्छ ? आज तिमी मेरो जिबनबाट धेरै टाढा छौ । थाहा छ तिमी टाढा छौ तर पनि किन तिमी नजिकै भएको आभास गर्छु म ? किन मेरो मन दुख्दा तिम्रो सम्झना आउँछ ? तिमी कहाँ अनि के का लागी जाँदै छौ त्यो सोध्ने अधिकार पनि छैन म सँग । तिमी यो काम गर वा त्यो काम नगर भन्ने अधिकार पनि छैन म सँग , फेरी किन तिम्रो बारेमा सोच्छु म ।
यस्तै धेरै प्रश्न छन्, मनमा तर तिमीलाई सोधेर तिम्रा प्रगतिका पथमा लागेका पाइलाहरुलाई रोक्न चाहान्न म ।
यो चन्द्रको दु::ख देखेर तिमी आफैले आफैलाई यो पिडाको दोषी नसम्झनु किन कि तिम्रो मायाले मलाई कहिले पनि पिडा दिएको छैन ।
तिमी जस्तै नारीलाई ब्वाँसाले झैं झम्टन खोज्ने यी समाजका कु-तत्वहरु बाट जोगिएर हिँड्नु । किन कि सबै मान्छे भित्र मान्छे हुँदैन ।