थाहा छैन किन आज पनि म तिम्रो मायामा यती धेरै 
पिडा सँगालेर बाँच्छु । तिमीले झुठा वाचाहरु गरेर दिल दुखायौ, मलाई पलपलमा 
तड्पायौ र पनि यो मनले तिमीलाई नै खोज्ने गर्दछ । एक प्रकारले बुझ्दा 
साँच्चै तिमीले मेरो जिन्दगी नै बदली दियौ । माया प्रतिको मेरो विश्वासलाई 
नै डगमगाई दियौ र पनि तिम्रो माया यो मनबाट हटाउन सकिन । आज म यी आँशु पिएर
 तिमीलाई हँसाउने प्रयास गर्दैछु । आफ्नै मन दुखाएर तिमीलाई सुखमय जिबनको 
कामना गर्दै छु । यती हुँदा हुँदै पनि मेरो माया तिम्रो लागी काँडा बन्छ 
भने आउ मार मलाई, जिउँदै जलाई देउ मलाई । धेरै चोटी मर्नु भन्दा एकै चोटी 
मर्नु बेस । यती ईच्छा पुरा गरिदेउ मेरो ।

No comments:
Post a Comment