हिजो अस्ती बिहान ३:०० बजे नै निन्द्राले छोड्थ्यो तर खै किन हो आज बिहान अबेर सम्म निदाएछु । ५:०० बजेको अलार्मले पनि मलाई ब्युँझाएन । एकै चोटी ५:४० मा ब्युझिएँ त्यो पनि कसैको फोन आएर । नम्बर हेरेँ तर स्कृनको नम्बर देखेर मलाई अचम्म लाग्यो । यो त्यही मान्छेको नम्बर थियो जसले मेरो मायालाई नै अप्रिल फूल बनाएर छोडेकी थिईन्। एक बर्ष अगाडी अप्रिल १ तारिख मै उनी हातमा पुष्प गुच्छा लिएर बिहानै मेरो जिबनको पहिलो माया बनेर आएकी थिइन्। मेरो हात समाउदै उनीले कम्मरमा राखी दिईन् र भनिन् " May I Dance With You ? "म मख्ख परेँ किन कि मेरो मनमा बस्ने मान्छे नै मेरो अङ्गालोमा थिईन्, । एकै छिन हामी प्रेमाभाशमा डुब्यौँ अनि उनिले त्यो गुलाफको पुष्प गुच्छा म तिर बढाउँदै भनिन्- "I Love You Chandra. I can't Live Without You.म तिमी सँगै जिबन बिताउन चाहान्छु के तिमी मलाई साथ दिन्छौ ?" मेरो खुशिको सिमा नै रहेन । म एकोहोरो भएँ अनि बिस्तारै सम्हालिदै भनेँ –"I Love You Too."
मेरो जवाफ सुनेर उनि अनायसै मुस्कुराइन अनि भनिन्-"साँच्चै सोचेको ? Its April Fool Yaar. तिमी त क्या झुक्कियौ । Anyway तिमीले त मलाई साँच्चै माया गर्छु भनेको होइन नि है ?
म अचानक निराश भएँ । मेरो माया त उनको लागी खेल जस्तो पो भएछ । मन त दुख्यो तर उनको अगाडी हाँसेर होइन भनी दिएँ । त्यो दिन देखी म उनको नजिक परिन । यस्तै तर्कना गर्दै फोन रिसिभ गरेँ । उता बाट आवाज आयो ? I Am Sorry Chandra For Last Year. But I really Love You."मेरो आँखाबाट अनायासै आँशु झर्यो तर उनीलाई म अझै पनि तिमीलाई माया गर्छु भनेए भन्न सकिन ................... ...........हाहा !!! सिरियस नहुनुस है । मैले पनि यसो अप्रिल फूल मनाई दिएको ।

No comments:
Post a Comment