:-चन्द्र घलान
आजको बिहानी जस्तो हिजो थियो उस्तै नै थियो तर म हिजो जस्तो थिईनँ । खै किन हो खुशी थिएन मन । मनमा छट्पटी भएरै होला २:०० बजे नै निन्द्रा आँखाबाट टाढा भयो । ३:०० बज्यो सोचिरहेँ । ४:०० बज्यो अनि उठाएँ साथीलाई । तयार भएर साथीलाई उनको पुग्नुपर्ने ठाउँ सम्म पुराइदिएँ । अनि आएँ एफ. एम. तिर । सोच्दै आएँ । एता उता हेरेँ, ती डिसेम्बर २१ वाली भेटिएला कि भनेर सोचेँ तर आज उनको त्यो लजालु मुस्कान , त्यो प्रेमाभाषको पल पनि थिएन । मनको सोचै दौडियो म पनि सोच्दै दौडिएँ , कती खेर पोल मा ठोक्किएँ थाहै भएन । म रन्थनिएँ । एकै छिन त्यही बेहोस भएछु चारै तिर अध्याँरो भयो । एउटा आवाज कानमा गुन्जियो : अरे चन्द्र तँ किन यस्तो सोच्छस । कती अरुको बारेमा सोच्छस । तँ अरुको मन दुख्छ भनेर कती आफ्नो मन दुखाउँछस । के तेरो चाहिँ मन दुख्दैन । थोरै स्वार्थी बन्न सिक फुच्चे । एक पटक पाएको जिन्दगी किन तड्पिएर बिताउँछस ? बाहिर मात्र झुटो मुस्कान मुस्कुराएर होइन , मनको पिडा बिर्सिएर हाँस्न सिक फुच्चे । के थाहा तँ भोली हुन्छस या हुँदैनस ।" म झस्किएँ जुरुक्क उठेँ टाउको दुख्यो,छामेँ घाउ नै भएछ । यता उता हेरेँ कोही देखिन ।भर्खरैको आवाज मेरी अशु दीदी को जस्तो लाग्यो । मेरी सरु दीदी अनि कान्छी दीदी को जस्तो पनि लाग्यो ।सोचेँ साँच्चै म किन यस्तो भएँ ? म भोली हुन्छु या हुन्न मलाई के थाहा त्यसैले म हँसेर जिउँछु, चाहे जतिसुकै पिडा किन नहोस्, म हाँसेरै जिउँछु । मन केहि खुशी भयो अनि उठेर लागेँ एफ.एम. तिर ।
No comments:
Post a Comment