आज २०१२ को २१ डिसेम्बर होइन र पनि मलाई त्यही पलको याद आयो आज । आज बिहानै उठियो अनि साथी लाई उठाएँ । बिहान को नित्यकर्म सकिसके पछी माईला बाबाले दिनुभाको पियानो निकालेँ अनि सुरु भयो सदा जस्तै सा रे ग म प ध नि सां ।
५:०० बज्यो साथी लाई उनको पुग्नुपर्ने ठाउँ सम्म पुर्याएँ तर उनको काम नै बनेन अनि फर्किएर साथी लाई रुम मै छोडेर दौडिएँ एफ. एम. तिर ।
कानमा ईएर फोन थियो अनि म थिएँ गीत को ताल मा :- तिम्रो हात समाइ आँट बटुल्छु
तिम्रो काँधमा दु:ख भुलाउँछु........................... "साँच्चै हो ?" अचानक
गीत गाउँदै गर्दा रोडको दायाँ बट एउटा सुमुधुर आवाज आयो । मैले हेरेँ एउटी साथी बाटो को दायाँ तिर हिँड्दै थिईन्। वरिपरी हेरेँ , म मात्रै थिएँ । अलम ल्ल मा परेँ म । पुन: गीत कै ताल मा हिडेँ । फेरी उही आवाज आयो "स्वर मिठो छ " ।
अब भने उनले मलाई नै भनेकी हुन भन्ने लाग्यो । अँध्यारोमा उनको मुहार नियाल्ने असफल प्रयास गरेँ तर उनको मुहार देख्नै सकिन । सायद मेरो बा ध्यता बुझिन् क्यारे उनले मोबाइल झिकिन्, अनि हेर्न थालिन्, । खै उमेरको दोष हो वा मेरो आँखाको, उनको मुहारले मेरो मुटुको रफ्तार बढायो । कता कता काउकुती लाग्यो । बोल्न खोजेँ बोल्ने आँटै आएन । एकै छिन त्यत्तिकै हिडेँ । केहि बोलिन ।उनी र म दायाँ बायाँ तर बोलचाल नै छैन । ओम्याक्स् कट्यो एफ. एम. नजिकियो अनि मेरो मन छटपटियो । मेरो छटपटी बुझेर होला उनले हाँस्दै भनिन्," केहि छैन भोली फेरीभेट भैहाल्छ नि ।" म त दङ्ग परेँ । कतै उनी उनै २१ डिसेम्बरवाली त होईनन्, । अनि मनमा कुरा खेलाउँदै एफ. एम. तिर लागेँ ।

No comments:
Post a Comment