आज मेरी आमा म सँग बोल्दै रुनुभयो । अनायसै आँशु खस्यो । सोच्दैछु म सायद
आमालाई हँसाउने चाहानालाई पुरा गर्ने कोसिस गर्दा-गर्दै मर्छु होला ।मैले
जुन दिन देखी आफ्नो होस सम्हालेँ त्यही दिन देखी नै आमाको आँखामा आँशु
मात्रै देखेको छु । आमालाई दु:खको भुमरिमा छोडेर नजिकै रहेको हेटौँडामा
समेत एक्लै बस्ने रहर थिएन तर के गर्नु सँधै आमा सँगै बसेर आमालाई अझ बढी
पिडा थोपर्न चाहिन । थाहा छैन म मेरी आमालाई हँसाउन सक्छु वा सक्दिन तर
जिवनको अन्तिम स्वास रहे सम्म पनि म मेरी आमाको मुहारमा खुशी ल्याउन प्रयास
गरिरहनेछु । आमाको मन जस्तो सबैको मन भैदिए सायद यो सँसारमा माया नै माया
हुन्थ्यो होला ।
No comments:
Post a Comment