आज बिहान अलि ढिलो उठेछु । ६:०० बजे जसरी भए पनि एफ. एम. मा न्युज बजाउन
पुग्नु पर्ने रूम मा नै ५:३० बजिसकेको थियो । हतार-हतार तयार भएर बाटोमा
दौडिएँ । अलि पर मात्र पुगेको थिएँ कलेज जान लगेकी एउटी अपरिचित साथी सँग
ठोक्किन पुगेँ । उनको किताब हरु बाटोमा छरपस्ट भयो । मैले सरी भन्दै उनको
मुहारमा हेरेँ । म त हेरेको हेर्यै भएँ । त्यो अन्धकारमा पनि उनको सुन्दर
मुहार आकाशका जुन जस्तै चम्किरहेका थिए । म अलि सम्हालिदै उनका किताब हरु
टिप्न थालेँ । र पून: सरी भन्न थालेँ । उनले मधुर मुस्कान छर्दै भनिन "
इट्स ओके, आज २१ डिसेम्बर हो नि । आज त मरिन्छ होला । अरु दिन अरु कोही म
सँग यसरी ठोक्किएको भए म चप्पल ले बजाइ दिन्थेँ । तर मर्ने दिनमा पनि के
झगडा गर्नु फेरी तिमी त हेर्दा सोझो पनि रहेछौ ।आइ थिङ्क यू आर गूड बोइ ।
सो आइ एम फीलिङ गूड । बाई, मरिन भने भोली यही ठाउँमा भेटुँला है ।" अनायसै
हात हल्लाएँ अनि भने आज त्यस्तो केहि हुँदैन भोली फेरी हामी अबस्य
भेट्नेछौँ ।" अनि म कुदेँ एफ. एम. तिर ।
Friday, December 21, 2012
Wednesday, December 19, 2012
म जिन्दगीको कुनै पनि चुनौती संग लड्नबाट पछि हट्दिन
आज दिनभरि म सामान्य नै थिएँ । तर बिडम्वना जब सुर्यास्त भयो तब संसारको
अन्धकार संगै मेरो खुशीमा पनि अन्धकारको कालो बादल छायो । यो कुरा थाहा
नभएको भए पनि हुन्थ्यो तर अब थाहा पाइहालें त्यसैले मन दुख्यो । मैले
जीन्दगीमा कति संघर्ष गर्नु पर्छ र कसरी अघि बढ्नुपर्छ आज थाहा पाए । मन त
दुखेको छ तर पनि म आत्तिएको छैन किन कि म जसरी पनि आफुलाई अगाढी बढाउन
प्रयत्नरत छु। म जिन्दगीको कुनै पनि चुनौती संग लड्नबाट पछि हट्दिन किन कि
मलाई आफूमाथि पुरा विश्वास छ । किन कि म संग मेरो आमाको माया अनि बुवाको
आशिर्वाद बाकी नै छ ।
Thursday, December 6, 2012
खै के भनौँ माया दिइ मुटु दुखाउनेलाई
तिमी
सधैँ भन्ने गर्थ्यौ-'मैले तपाईंलाई बिर्सन यो संसार छोड्नुपर्छ चन्द्र । म
मर्न सक्छु तर तपाईँलाई भुल्न सक्दिन ।' तिमीले त्यसो भन्दा मन खुशीले
पागाल हुन्थ्यो । म आफुलाई संसारको सबै भन्दा भाग्यमानी प्रेमी हुँ भन्ने
आभास गर्थेँ । हामी संगै
हाँस्यौँ,रमायौँ
अनि धेरै सपनाहरु सजायौँ । तर सपना त केबल सपना नै हुँदोरहेछ । आज हेर न
तिमी त मेरो जिन्दगीबाट टाढा भयौ तर तिम्रो याद , तिम्रो सम्झना मेरो मनबाट
टाढा भएन । तिमीलाई भुल्न कती प्रयास गरें तर सकिन । तिमीलाई भुल्न गजल
लेखेँ तर रदिफ र काफिया बनेर तिमी धाइरह्यौ, गीत गाएँ तिमी शब्द शब्द अनि
सँगीतको ताल बनेर पछ्याइ रह्यौ ।मनै न हो तिम्रो यादमा तड्पने गर्छ ।
तिम्रो यादमा जती तड्पे पनि अनि अब त जसरि नि भुल्छु भनेर यो मनलाई निचोरेर
राख्दा पनि मुटुको कुनाबाट , मुटुको धड्कनबाट तिम्रो माया निस्किएर गएन ।
खै के भनौँ माया दिइ मुटु दुखाउनेलाई
सकिएन भुल्न मिठो सपना देखाउनेलाई ।
खै के भनौँ माया दिइ मुटु दुखाउनेलाई
सकिएन भुल्न मिठो सपना देखाउनेलाई ।
Thursday, November 22, 2012
माया हो मन त दुखिहाल्छ
माया हो मन त दुखिहाल्छ तर मैले माया गर्ने मान्छेले नै मेरो मन दुखाउँछ भने म के नै गर्न सक्छु र ? उनले मेरो मन दुखाई भन्दैमा म कसरी उनको पनि मन दुखाउँ ? बरु आफै रोइन्छ तर अरुको मन दुखाउँदिन किन कि जब सम्म मेरी आमाको माया मसँग छ तब सम्म मलाई कुनै पनि पिडाले छुन सक्दैन । म निराश हुन्छु केहि क्षणको लागी तर म छिनमै हाँस्न सक्छु किन कि यो चन्द्रलाई साथ दिने साथीहरु अझै यो धर्तिमा बँकी नै छन ।
Monday, November 5, 2012
जीन्दगीको ब्यथा
-चन्द्र घलान
जब निश्पष्ट अन्धकारलाई छिचोल्दै सुनौलो बिहानीको सुरुवात हुन्छ तब अनेकौं मानिसहरु आफ्नो नयाँ सपनालाई उचाइमा पुराउन तमतयार भएर अगाडी बढ्छन तर तिनै मानिसहरुको बिचमा म भने सधैं सपनाको संसारभन्दा पर रहेर जीन्दगीको वास्तविकतासंग जुध्न खोजिरहेको हुन्छु । बिहानै ४:०० बजे जब आँखा खुल्छ तब आमा संगै उठ्नु हुन्छ । उमेरले ६८ वर्ष पुग्नु भएता पनि अझै पनि घाँस दाउरा अनि गाईभैंसी भन्दाभन्दै बित्ने गर्छ आमाको दिनचर्या । बुढेसकाल अनि सुन्निने रोगको पीडालाइ सहँदै , सन्तानले दिएको मानाशिक पीडालाई भुल्दै अगाडी बढ्नुहुन्छ मेरी आमा । जब म घरबाट निस्कन्छु आमाको आँखामा आँशु देख्छु । आमालाई किन रुनुभएको भनेर पनि सोध्न सक्दिन किन कि मलाई थाहा छ मेरी आमा किन रुनुहुन्छ भनेर । आमालाई दु:ख परेको देख्दा उहाँलाई छोडेर घरबाट निस्कन मन लाग्दैन । आमालाई घरमै आराम गर्न लगाएर सबै काम आफै गरौँ जस्तो लाग्छ तर म के गरूँ न घरमै बस्न सक्छु न त पीडा भुलेर राम्ररी पढ्न नै सक्छु । दाइलाई भनौ दाइको आफ्नै समस्या ,भाउजुलाई भनौ भाउजुको आफ्नै समस्या अनि बुवालाई कसरी भनौं किन कि उहाँ ८७ वर्ष पुगिसक्नु भयो । आमा भन्नु हुन्छ -छोरा अब म तिमीलाई पढाउन सक्दिन,अब काम गर तर काम गर्नलाई पनि त आफ्नो मान्छे चाहिँदो रहेछ । पारिवारिक पृष्ठभूमि आफैले निर्माण गर्नु छ अनि मात्रै जागिर खोज्नु छ । एफ.एम. को जागिर खान मात्रै पनि पुग्दैन । मेरी कान्छी दिदी कुवेतमा हुनुहुन्छ । कहिले कहीं आमाको उपचार गर कान्छा भनेर खर्छ पठाउनुहुन्छ । टाढा रहेर पनि आमा प्रतिको माया देख्दा यस्तो लाग्छ कि छोरी भनेको छोरी नै हुन्छ । आमा बुवालाई माया गर्न केवल एउटी छोरीलाई मात्र आउँछ ,छोराहरु त दु:ख दिन मात्र अग्रसर हुन्छन ।
संगै पढ्ने साथीहरु कोहि डाक्टर,कोहि इन्जिनिएर अनि कोहि पाइलट बन्छु भन्छन तर म के गरौँ ? म त ती कुराहरुको सपना मात्र पनि देख्न सक्दिन । चारै तिर यति धेरै पीडा भएता पनि बाँच्ने चाहाना बढ्छ । आमाको लागि केहि नगरी मर्दिन भन्ने साहास बढ्छ । आमा हुनु भएर नै होला सायद मेरो विश्वास मर्दैन । मनमा अनगिन्ती पीडा भएता पनि हाँस्ने प्रयास गर्छु अनि संघर्ष गर्छु जिन्दगीसंग । मलाई विश्वास छ म मर्नु भन्दा अगाडी मेरी आमाको लागि केहि राम्रो काम अवश्य गर्नेछु चाहे जतिसुकै पीडा होस् ।

Sunday, October 28, 2012
आज फेरी तिमीसँग आँट गरेर सोध्न मन लाग्यो-के हाम्रो मायाको अन्त्य भएकै हो त ?
आज फेरी तिमीसँग आँट गरेर सोध्न मन लाग्यो-के हाम्रो मायाको अन्त्य भएकै हो त ? के अब फेरी हामी एक हुन सक्दैनौँ ? हुन त तिमी मलाई छोडेर गएको मान्छे, मेरो दु:ख वा मेरो बेदनासँग तिमीलाई के मतलब तर पनि आज अन्तिम चोटी सोध्न मन लाग्यो । यो कुराले तिम्रो मन दुखेको भए मलाई माफ गरिदेउ है । तिमीले त नाई नै भन्छौ होला । चिन्ता नगर रुन्ची म तिम्रो बाटोको काँडा बन्ने छैन ।आज अन्तिम चोटी सोधेँ, तिम्रो जवाफ के आउछ थाहा छैन तर तिमीले मेरो दु:ख देखेर मेरै लागी आफ्नो चाहानाहरु छोड्नु पर्छ भन्ने छैन । तिमी पनि अरु जस्तै नारी हौ त्यसैले तिम्रो पनि अरुको जस्तै आफ्नै सपना छन होला । त्यसैले मेरो जिन्दगीमा फर्केर आउनु पर्छ भन्ने छैन किन कि तिमीले खोज्ने सपनहरु मेरो भात्किएको घरमा छैन । तिमी मेरो हुनै पर्छ भन्ने छैन अनि म तिम्रो यादमा रोएँ भन्दैमा तिमी पनि रुनु पर्छ भन्ने छैन ।तिमी हिजो पनि स्वतन्त्र थ्यौ र आज पनि छौ । त्यसैले रुनु परे मनै रोउँला तर तिमी खुशी हुनु । यस्तै रहेछ माया म मेरी आमाको लागि केहि नगरि मर्दिना चहे तिमी मलाई पिडा देउ वा माया ।
Thursday, October 25, 2012
तिम्रो याद
जिन्दगी
आज यस्तो हुन्छ भनेर सोचेको पनि थिँईन ।आज फेरी उहि पुरानै ब्यथा बल्झाएर
तड्पदैछु अनि खोज्दैछु तिम्रो सामीप्यता र तिम्रो महशुश तिम्रा ति
सम्झनाहरुमा ।
तिमीले त कती सजिलै नाता तोडी दियौ । फोन उठायौ अनि भन्यौ-'अब तपाईं मेरो साथी मात्रै हो त्यो भन्दा बढी केहि सोच्नु पर्दैन ।' एक चोटी फर्केर मायाको नाता माग्ने मौका पनि दिएनौ । हाम्रो मायालाई प्रेमबाट मित्रतामा बढुवा गरी दियौ । तिमीले वास्ता नगरे

पनि म आज तिमीसँग मित्रताको नाता निभाउँदैछु । चारै तिर पिडा मात्रै
देख्दा यो संसार छोडौ जस्तो लाग्छ तर मेरी आमाको ममताको ऋण चुक्ता नगरी यो
संसार छोड्न पनि सक्दिन ।त्यसैले तिमीले दिएको पिडालाई मनमा सजाएर
जिन्दगीको लक्ष्यमा पुग्ने अठोट गर्दै तिम्रो याद र मेरी आमाको ममतालाई
मेरो जिन्दगीको बाटो बनाएर अघी बढ्दैछु ।तिमी साथ देउ या नदेउ तर तिम्रो
साथ नभए पनि म मेरी आमाको ममताको साहारामा मेरो जिन्दगीलाई सफल ताको शिखरमा
पुराउन सक्छु अनि मेरी आमाको लागी केहि गर्न सक्छु । यती साहाश अझै बाँकी छ
मसँग ।
आज राती ९:१५ बजे शक्ती एफ एम १०३.४ मा साथी तान्जेन तामाङ जी को बेदना समेटिएको कार्यक्रम 'किन लाग्छ माया ?' सुन्न नभुल्नु होला है ।
आज राती ९:१५ बजे शक्ती एफ एम १०३.४ मा साथी तान्जेन तामाङ जी को बेदना समेटिएको कार्यक्रम 'किन लाग्छ माया ?' सुन्न नभुल्नु होला है ।
Sunday, August 5, 2012
'किन लाग्छ माया' को प्रोमो
शक्ति एफ. .एम. 103.4 मेगाहर्ज मा हरेक बिहिबार राती 9:15 देखि 10:00 बजे सम्म प्रशारण हुने कार्यक्रम 'किन लाग्छ माया' को प्रोमो सुन्नका लागि यहा क्लिक गर्नुहोस .
Tuesday, April 24, 2012
यो गजल समर्पण छ मेरी आमाको लागि
यो गजल समर्पण छ मेरी आमाको लागि जसले मेरो खुशीको लागि आफ्नो दु:ख भुल्नु भयो |
मेरी आमाको लागि मैले केहि गर्न नसके पनि अनि उहाँलाई हँसाउन नसके पनि म सदैब उहाँ लाई हँसाउने कोसिश गरिरहने छु |
परिवार कै सफल बाटो चुन्छिन मेरी आमा
हँसाउन मलाई आफै रुन्छिन मेरी आमा |
जति पिडा दिए पनि आफ्नै सन्तानले
पिडा लुकाई सँधै खुशी हुन्छिन मेरी आमा |
दश महिना कोखमा राखी दु:ख भुली हुर्काएनि
अझै ममताको हातले छुन्छिन मेरी आमा |
त्यसै ठुलो भए जस्तो सन्तानले गरे पनि
ममताको मालामा नै उन्छिन मेरी आमा |
दश धारा दुधको मूल्य नचुकाएनी सन्तानले
उज्ज्वल सपना मनभरी बुनछिन मेरी आमा |

Saturday, March 31, 2012
Subscribe to:
Posts (Atom)