Monday, June 10, 2013

त्यो झरी परेको दिनको याद

"तिमीलाई थाहा छ ? मलाई त पानीमा रुझ्न कस्तो रमाईलो लाग्छ नि ।" मेरो यो प्रश्न सुनेर उनले भनिन्, "मलाई पनि रमाइलो लाग्छ नि ।" म छक्क परेँ उनको यो जवाफ सुनेर । हाम्रो चिन्जान भएको सुरुवातका दिन देखी नै थाहा थियो उनी पानीमा रुझ्न डराउँछिन भनेर तर आज त अचम्म पो भयो । म अल्मलिएको देखेर उनीले सानो आवाजमा भनिन्, " तँपाई सँगै हुँदा मात्र रुझ्न मन लाग्छ भनेको नि ।" हिजो पानी पर्दाको क्षण म ३ बर्ष अघिको यही कुरा सोच्दै थिएँ । खै किन हो पानी पर्नै हुँदैन म बिगतमा हराउन पुग्छु । हिजो जब कार्यक्रम अनुरोध सँगित सकिसके पछी म यही सोचमा हराउँदै थिएँ अचानक मेरी दिदीको फोन आयो । दिदीको फोन आउने बित्तिकै म बिगतबाट वर्तमानमा ओर्लिएँ । पानी पर्दाको चिसो मौसम दिदीले भन्नु भयो-"ओई कान्छा के गर्दै ? आईजो चटपटे खान ।" मैले हुन्छ भन्दै फोन राखेँ अनि एफ एम बाट सिमसिमे पानीमा रुझ्दै दिदीको अफिस नजिकैको चटपटे पसलमा गएँ । चटपटे खाँदै गर्दा एउटी १५-१६ कि केटी मेरो नजिकै आएर मेरो बुक देख्नु भयो कि ? भनेर सोध्न थालिन्, । म एकोहोरो थिएँ । आज सम्म नचिनेको केटी कसैको पनि मुहार राम्ररी नहेर्ने मान्छे म यो पटक पनि हेर्ने साहास गरिन। डेस्कमा भएको किताब टिपेर मैले उनीलाई दिएँ । । उनी थ्याङ्क यू भन्दै लजाएर गईन , । उनी गए पछी मैले दिदीलाई भनेँ-दिदी त्यो साथी कस्ती थिईन्, ? मैले त हेर्नै बिर्सेछु!" दिदीले मुसुमुसु हाँस्दै भन्नु भयो -कान्छा मलाई त तेरो २१ डिसेम्बर पो याद आयो,यो बुकको कुरा सुनेर । साँच्चै २० १ २ को २ १ डिसेम्बर अलि रमाइलो थियो मेरो लागि तर दिदीको अगाडि बिगतमा जान चाहिन। एकछिन पछि म दिदीसँग छुट्टिएर कोठा तिर लागेँ। म रुझ्दै जाँदै थिएं कसैले मलाई छाता ओढाउन आईपुगीन। म एक्कासी रोक्किएँ ,फर्केर हेरेँ एउटी राम्री मान्छे म तिर हेरेर मुस्कुराउँदै थीइन। निकै बेर नियालेर हेरेँ ,तर अहँ चिनेको जस्तो लागेन। म एकोहोरो भएको देखेर उनीले भनिन् -"के भयो चन्द्र जी , किन एकोहोरो हुनुभएको ? अरे ! उनीलाई त मेरो नाम पनि थाहा रहेछ , म झन् अलमल्लमा परें । उनीले भनिन् धेरै नसोच्नुस न तंपाई मलाई चिन्नुहुन्न होला सायद तर म तंपाई लाई राम्ररी चिन्छु तंपाईको मुक्तक र आवाजको त म फ्यान नै हुँ नि चन्द्र जी।
यस्तै कुरा गर्दै म कोठामा पुगें अनि उनीलाई थ्याङ्क यू भनें। बिदाईको हात हल्लाएँ तर थुक्क मेरो दिमाग उनको नाम नै सोध्न बिर्सेछु।

No comments:

Post a Comment