हिजो
आज तिम्रो यादमा अझ बढी हराउन थालेको छु। सधैं भरी त भन्दिन तर जब अफिस
बाट निस्कन्छु अनी मायामा भित्र भित्रै खोक्रो भएको यो शहरको एकान्त कोठामा
आँफैले आँफैलाई एक्लो पाउँछु तब मेरो आमाबुवा , घरपरिवार र तिम्रो यादले
तड्पाउँछ। शायद तिमी एक दिन टाढा हुनेछौ भन्ने थाहा भएर होला वा शायद तिमी
अरुको नै हुन्छौ भन्ने थाहा भएर होला मन दुख्छ। कोठामा चरैतिर आँखा
डुलाउँछु म देख्छु एक हप्ता देखी खाना नपाकेका प्रेसर
कुकरहरु अनी सोच्छु यदी तिमी मेरी भैदिएको भए हामी दुबै मिलेर सँगै खाना
तयार पार्थ्यौँ , तिम्रो हातले बनाएको मिठो खाना सँगै बसेर खाने थ्यौँ
होला। त्यत्तिकैमा म मेरी आमाको ममता मिसिएको ढिँडो र गुन्द्रुक सम्झन्छु
अनी छाम्छु भोको पेटलाई। ओछ्यानमा ढल्छु अनायासै मोबाईल निकाल्छु , म
देख्छु तिम्रो तस्बिर हाँसिरहेको अनी तिम्रो मुस्कान सँगै मेरो मुस्कान पनि
मिसिन्छ। म देख्छु तिम्रो तस्बिर सँगै भएको मेरो आमाबुवाको तस्बिर अनी
सोच्छु मैले कहिले कमाएर मेरो आमाबुवालाई खुशी दिने होला? आमाबुवा र तिम्रो
तस्बिरलाई छातीमा टाँस्छु अनी सोच्छु मेरो जिन्दगीमा यो तस्बिरकी तिमी अनी
मेरो आमाबुवा सँधै सँगै भईदिए म कती खुशी हुन्थेँ होला । निदाउने प्रयत्न
गर्छु। निदाउनै थाल्छु तर त्यसै बेला लामखुट्टे नानीले गालैमा माया गर्न
आइपुग्छिन । निन्द्रा भङग हुन्छ अनी फेरी सुरु हुन्छ तिम्रो यादको
अन्त्यहिन सिलसिला । फोन उठाउँछु मस्तिष्कले तिम्रो मोबाईल नम्बर दिन्छ ,
डायल गर्छु फेरी काटिहाल्छु , सोच्छु तिमी गहिरो निन्द्रामा छौ होला। फोन
गरुँ वा नगरुँ , मस्तिष्क र मनको द्वन्द सुरु हुन्छ । अन्तमा मिस्कल भए नि
गर्छु अनी निदाएकी छैनौ भने तिम्रो कल आउने छ भनेर सोच्छु अनी निदाउँछु एक
निन्द्रा। तिमी सपनामा आउँछ्यौ र म उड्छु तिमीलाई अङ्गालोमा बाँधेर सपनाको
स्वर्णिम मायाको संसारमा जब सम्म बिहानी हुँदैन।
No comments:
Post a Comment