ढाँटेको होईन साँच्चै हो , पानी पर्न थाले पछी तिम्रो यादले गर्लम्मै 
अङ्गालो हाल्छ मलाई । पराई हौ थाहा छ,टाढा छौ त्यो पनि थाहा छ अनी थाहा छ 
यो चन्द्रको दु:ख सँग तिम्रो केही सरोकार छैन। तै पनि कुनै दिन तिमी पनि 
मलाई माया गर्थ्यौ भन्ने कुरा भुल्न गाह्रै पर्दो रहेछ । त्यसैले त तिम्रो 
सम्झनालाई अङ्गाल्न बाध्य छु म । फेरी तिम्रो याद मेरो लागि बोझ पनि होइन 
किन कि तिमीले पो माया मार्यौ त , मैले त मारेको छैन नि।

No comments:
Post a Comment